बैशाख;२ – नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सङ्घीयतालाई पाखा
लगाउनका लागि स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिएको आरोप लगाएका छन्
। नेकपा–माओवादी अछामको जिल्ला सम्मेलन सकेर यहाँ आएका उपाध्यक्ष गजुरेलले पत्रकारसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन् ।
वर्तमान सरकारले सङ्घीयता नचाहेकाले संविधान निर्माणभन्दा पहिला स्थानीय निकायको निर्वाचन गर्न लागेको उनले बताए ।
गाउँ विकास समिति र जिल्ला विकास समितिको
क्षेत्राधिकार कति हुने भन्ने संविधानमै उल्लेख हुने भए पनि पहिले नै
स्थानीय निकायको निर्वाचन गर्ने तयारीले शङ्का उब्जिएको उनको भनाइ थियो ।
एक फरक सन्दर्भमा उपाध्यक्ष गजुरेलले
एमाओवादीसँग अहिलेको अवस्थामा एकता हुनै नसक्ने बताए । आफूहरुसँग
एमाओवादीको कार्यदिशा अलिकति पनि
नमिल्ने उनको भनाइ थियो ।

No comments:
Post a Comment