Tuesday, April 15, 2014

सन्नी दम्पत्तीसँग निशा र शरद

              कुरा गहिरो छ, नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको सम्बन्ध अझै प्रगाढ बन्दै गएको यो तस्बिरले पनि पुष्टी गर्छ । नयाँ बर्षको पूर्व सन्ध्यामा नेपाल आएका बलिउड नायिका सन्नी लियोनी र उनका पति डेनियल वेभरले मस्ती गरे । सन्नी हट अवतारमा नेपाली दर्शकमाँझ छाइन् । यता, कार्यक्रममा चर्चा बन्यो नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको उपस्थिती । शरद र निशा पछिल्लो समयमा निक्कै निकट छन् । उनीहरुको सम्बन्ध ‘फिटकिरी’ चलचित्र हेर्न सँगै हलमा पुगेदेखि मिडियामा आएको हो । यसबिषयमा निशा र शरद दुबै चुप छन् । तर नयाँ बर्ष मनाउन हायात होटलमा
सन्नी दम्पत्तीसँगै देखिएपछि यी दुइको सम्बन्धको चर्चा फेरि सुरु भएको छ । निशा र शरदले सन्नी दम्पत्तीसँगै फोटो खिचाएका पनि छन् । निशा कार्यक्रमको उद्घोषक थिइन् । तर शरद हायात होटलमा किन गए भन्ने कुरा रोचक छ । निशा र शरद विचको सम्बन्धले मिडियामा चर्चा पाइरहेको समयमा ५ तारे होटलको पार्टीमा पनि नछुटिनुले गहिरो संकेत पक्कै गर्छ ।

No comments:

Post a Comment