विराटनगर, बैशाख २३ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तावित ९९ सदस्यीय केन्द्रीय समितिको नामावलीमा बाबुराम भट्टराईलगायत शीर्ष नेताले असहमति जनाएका छन् । केन्द्रीय सदस्यमा दाहालले एकलौटी नाम चयन गरेको भन्दै पूर्व उपाध्यक्षद्वय भट्टराई र नारायणकाजी श्रेष्ठ तथा पूर्व सचिव पोष्टबहादुर बोगटीलगायत नेताले अस्वीकार गरेका हुन् ।नयाँ कार्यसमिति चयन किचलोले एमाओवादीभित्र संगठनको मुद्दा थप पेचिलो बनेको छ । प्रमुख शीर्ष नेताको असहमतिले कार्यसमिति चयन निर्वाचन प्रक्रियामार्फत हुने सम्भावना
बढाएको छ । त्यसको संकेत अध्यक्ष दाहालले साँझ सम्मेलन आयोजक समितिको बैठकबाटै दिएका छन् ।
बढाएको छ । त्यसको संकेत अध्यक्ष दाहालले साँझ सम्मेलन आयोजक समितिको बैठकबाटै दिएका छन् ।
अझै पनि सहमतिको प्रयास गर्छौं, रातभरिमा सहमति नभए प्रक्रिया (निर्वाचन) मा गएर टुंगोमा पुर्याउँछौं, दाहालले बैठकमा धारणा राख्दै भने, नेतृत्व चयन प्रक्रियालाई अब धेरै लम्ब्याउनु जरुरी छैन, यसलाई चाँडो टुंग्याउनैपर्छ । उनका अनुसार सोमबार रातभर शीर्ष नेताबीच सहमति प्रयास जारी रहनेछ । शीर्षलगायत अधिकांश नेताले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि दाहालले प्रक्रियामा जानका लागि तयारी अवस्थामा बस्न निर्देशनसमेत दिएका छन् ।
दाहालले अपराह्न ९९ सदस्यीय केन्द्रीय सदस्यको नामावली पेस गर्नेबित्तिकै भट्टराईले आक्रमक रूपमा तथा श्रेष्ठले नरम भाषामा प्रस्तावप्रति असहमति प्रकट गरे । प्रस्ताव आफ्नो समूहलाई सिध्याउने योजनाअन्तर्गत आएको भन्दै भट्टराईले ठाडै अस्वीकार गरेका हुन् । रुसमा लेनिनले विपक्षीहरूलाई सम्बोधन गर्न खोज्नुभयो, पार्टी बन्यो तर स्टालिनले विपक्षीलाई सिध्याउन खोज्नुभयो, पार्टीसहित क्रान्ति नै धरापमा पर्यो, यो इतिहासबाट अध्यक्षले केही सिक्न खोज्नुभएन, बैठकमा भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, उहाँले हाम्रो मञ्जुरीबिना नै नामावली ल्याउनुभएको छ, मलाई चित्त बुझेन ।
भट्टराईले आफू कुनै पदीय जिम्मेवारीमा नबस्ने भन्दै पार्टीले आफ्ना लागि अनुसन्धान विभाग गठन गरिदिनुपर्ने माग गरे । म पार्टीको कुनै पनि पदीय जिम्मेवारीमा बस्दिनँ, अनुसन्धानतिर मेरो आकर्षण छ, भट्टराईले बैठकमा भने, पार्टीले अनुसन्धान विभाग गठन गरे त्यसको जिम्मेवारी लिएर बस्छु ।
विश्वमा कम्युनिस्ट शक्ति किन असफल भए ? विघटनको दिशामा किन गए ? कम्युनिस्ट पार्टीमा किन सधैं मारामार हुन्छ ? अब कम्युनिस्ट पार्टीहरूले कस्तो कार्यदिशा अंगाल्नुपर्छजस्ता विषयमा अनुसन्धान गर्न चाहेको भट्टराईले बैठकमार्फत इच्छा प्रकट गरे भनेर आजको नागरिक दैनिकमा यो समचार छापिएको छ ।
No comments:
Post a Comment