काठमाडौं,बैशाख२–एमाओवादीले
आज बोलाइएको सर्बदलिय बैठक बहिस्कार गरेको छ । अधिकारी हत्याकान्डको
आरोपमा नियन्त्रणमा लिइएका १३ जनाको रिहाइ नगरिएको भन्दै उसले
प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार दिउँसो बोलाइएको सर्बदलिय बैठक
बहिस्कार गरेको हो । एमाओवादीका नेता टोपबहादुर रायमाझीले आज बोलाइएको सर्बदलिय बैठक पार्टीले
बहिस्कार गरेको जानकारी दिँदै हत्या आरोपमा पक्राउ गरिएका १३ जनालाई
नछाडेसम्म पार्टीले सरकारसँग कुनै पनि प्रकारको वार्ता र संवाद नगर्ने
जानकारी दिए ।‘ फुजेल काण्डमा सरकारले १३ जनाविरुद्ध सर्वश्वसहित जन्मकैदको
माग गर्दै मुद्दा दायर गरिएकाहरुको रिहाइ नगरेसम्म सरकारले आह्वान गरेको
कुनै पनि बैठकमा एमाओवादी सहभागि हुँदैन’नेता रायमाझीले
प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा
सहमति समितिको सभापति चयनबारे छलफल गर्न आज बैठक बोलाइएको थियो । यसअघि
सरकारले सोमबार बोलाएको बैठक पनि एमाओवादीले बहिस्कार गरेको थियो ।
No comments:
Post a Comment