Monday, May 5, 2014

हुरीले छानो उडाएपछि विद्यालयको पठनपाठन प्रभावित

                  बाबियाचौर (म्याग्दी), बैशाख २३ – यहाँको ताकम–७ हिलापोखरीमा रहेको जगन्नाथ प्राथमिक विद्यालयको भवनको छानो हुरीले उडाएपछि पठनपाठन प्रभावित बनेको छ ।चैतको अन्तिम हप्ता हुरीले ६ कोठे भवनको छानो उडाएको भवनको मर्मतमा ढिलाइ हुँदा नयाँ शैक्षिकसत्र सुरु भए पनि पठनपाठन र प्रशासनिक कार्य सञ्चालन गर्न समस्या भएको हो । स्लेटले छाएको भवनको छानो उडाएपछि कक्षा सञ्चालन गर्न समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समबहादुर थापाले बताए ।झरी र गर्मीको सिजन भएकाले भवनमा पानी चुहिने तथा गर्मी हुने हुँदा विद्यार्थी मर्कामा परेका छन् । विद्यालय व्यवस्थापन समितिका अनुसार हुरीका कारण रु दुई लाख बराबरको क्षति भएको अनुमान छ । विद्यालयको आन्तरिक स्रोत न्यून
भएका कारणले सरकारी निकायको अनुदानका लागि पहल गर्दा भवन मर्मतमा ढिलाइ भएको अध्यक्ष थापाले बताए ।भवन छाउनका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितिमा निवेदन पेस गरिएको छ । कक्षा ५ सम्मको पढाइ हुने विद्यालयमा ६२ जना अध्ययनरत छन् ।

No comments:

Post a Comment