११ जना नेताद्वारा पदमा नबस्ने घाेषणा
२३ बैशाख, बिराटनगर । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई सहित उनीपक्षका सबै नेताहरूले बिराटनगरमा जारी राष्ट्रिय सम्मेलन छाडेका छन् । बाबुरामसँगै उनको समूहका एक दर्जन नेताहरु केन्द्रीय समितिमा बस्दैनौं भन्दै बाहिरिएपछि प्रचण्डले बहिस्कारवादीको नाम हटाएर केन्द्रीय समिति घोषणा गरेका छन् ।
बन्दशत्रबाट बाहिरिने क्रममा डा. भट्टराईले आफू बुधबार चीन भ्रमणमा जानुपर्ने भएकाले काठमाडौं जान लागेको बताए ।
बन्दशत्रमा के भने भट्टराईले ?
बन्दसत्रमा बोल्ले क्रममा डा. भट्टराईले फरक र जिम्मेवारी दिने भन्दा पनि शंका गर्ने, जिम्मेवारी नदिने र निषेध गरेर अघि बढ्न खोज्ने सिस्टम हाम्रो पार्टीमा बस्यो भन्दै गुनासो गरेका थिए । ‘ अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत केन्द्रीय समितिको नामावलीमा मलाई पनि पारिदिनुभएकोमा उहाँलाई धन्यवाद’ बन्दसत्रमा डा. भट्टराईले भने-’तर, नामावलीको सूचीबाट मलाई हटाउन उहाँलाई अनुरोध गर्छु ।’
भट्टराईले बैठकमा भने- म केन्द्रीय समितिमा नरहे पनि आन्दोलन, क्रान्ति र पार्टीमै हुनेछु । यो कम्युनिष्ट आन्दोलनको नयाँ प्रयोग हो ।
बन्दसत्रलाई अध्यक्ष प्रचण्डले
सम्बोधन गरेपछि करिव ११ मिनेट बोलेका भट्टराईले आफ्नो छोटो मन्तव्यमा पदमा नबस्ने घोषणा गरेका हुन् । भट्टराई बोलेपछि उनीनिकट नेता टोपवहादुर रायमाझीले बन्दसत्रमा आफ्नो कुरा राख्दै अाफू पनि पदमा नबसी बाहिरैबाट पार्टीलाई सहयाेग गर्ने बताएका थिए ।
क-कसले गरे केन्द्रीय समितिमा नबस्ने घोषणा ?
No comments:
Post a Comment