Tuesday, May 6, 2014

सलमानबिना डुबिरहेछ कट्रिनाको करियर !

       (एजेन्सी)– ‘ब्याङ्ग ब्याङ्ग’ शुटिङको तालिकामा गडबड भएको छ र सुन्नमा आएको छ कि फिल्म यो वर्ष रिलिज हुने छैन । यस्तो भयो भने यो वर्ष कट्रिनाको कुनैपनि फिल्म रिलिज हुने छैन । पूर्वप्रेमी सलमानसँग छुटिएपछि तीन वर्षमा केहि फिल्मका अलावा कट्रिनाको करियर डुबिरहेको छ । सन् २०१० मा सलमानसँगको ब्रेकअपपछि कट्रिनाको जिन्दगीमा उथल–पुथल र करियरमा स्याचुरेसन आइरहेको छ । यस्तो होइन कि उनको फिल्म फ्लप भएरहेको छ , कुरा यस्तो छ कि उनको फिल्महरु कम रिलिज भइरहेका छन् । सन् २०१० सम्म कट्रिनाको वर्षमा चारवटा फिल्महरु रिलिज हुने गर्दथ्यो ।
       खबर यस्तो छ कि ‘ब्याङ्ग ब्याङ्ग’ को शुटिङको एक प्रमुख हिस्सा अबुधाबीमा गर्ने योजना थियो । फिल्मको तालिकामा पहिले देखि नै समस्या थियो । कट्रिनाको करियरमा एकपछि अर्को गलत निर्णय भइरहेको छ । ‘धूम–३’ का लागि उनले आफ्नो १०० दिन
दिइन् । धेरैपटक यसको पनि तालिकामा फेरबदल आयो । जब फिल्म रिलिज भयो तब यसमा आमिर नै आमिर छाए, कट्रिनाको भूमिका एक दुईवटा गीत र कुनै कुनै दृश्यमा सिमित भयो । अहिले फेरी उनको आशा ऋतिकसँगको फिल्म ‘ब्याङ्ग ब्याङ्गमा अडिएको छ ।

No comments:

Post a Comment