Wednesday, May 7, 2014

बैद्यको ६ बुँदे प्रस्तावलाई स्बिकारे दुई माओवादीबीच एकता हुने

           काठमाडौं,बैशाख२४–नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफूहरुको नीति, नेतृत्व र पार्टीले अघि सारेको ६ बुँदे प्रस्तावलाई स्विकारेर आए मात्रै एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरण हुन सक्ने स्पष्ट पारेका छन् । राजधानीमा बुधवार आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने,‘ नेकपा–माओवादीले अपनाएको नीति, मोहन बैद्य किरणको नेतृत्व र पार्टीको हालै बसेको पोलिटब्यूरो बैठकले अघि सारेको ६ बुँदे प्रस्ताव स्विकारेर आए मात्रै एमाओवादीसँग पार्टी एकता हुन सक्छ । अन्यथा एमाओवादीसँग पार्टी एकता हुँदैन ।’ गजुरेलले एमाओवादीसँग एकताको लागि अहिलेसम्म खासै प्रगति नभएको स्पष्ट पार्दै प्रचण्डले बेला–बेलामा भन्ने गरेको एकताको चर्चा हावादारी भएको बताए ।बाबुराम भट्टराईलाई धम्क्याउन प्रचण्डले नेकपा–माओवादीसँग एकताको हावादारी हाल्ला फैलाएको

नेता गजुरेलको तर्क थियो । एमाओवादीको विराटनगर सम्मेलनलाई गजुरेलले हावादरी सम्मेलनको संज्ञा दिए । उनले हेटौडा महाधिवेशनको नीतिमा कुनै परिवर्तन नगरेकोले एकताको सम्भावना नरहेको बताए । उनले भने,‘परि थापाले नेतृत्व गरेको नेकपा एकीकृत र मणि थापाले नेतृत्व
गरेको क्रान्तिकारी कम्यूनिष्ट पार्टीवीच एकता हुन्छ । एमाओवादीसँग हुँदैन ।प्रचण्ड र बाबुराम भट्टराई एमाओवादीभित्र सँगै बस्नै नसक्ने ठोकुवा गर्दै उनले उनीहरुवीचको अहिलेको विवाद नीतिको नभई नेतृत्व र पदको मात्रै भएको दावी गरे । गजुरेलले भने,‘एमाओवादी विघठनको संघारमा पुगेको छ ।’ उनले संविधानसभाको निर्वाचन पश्चात मुलुकमा झनै संकट बढेकोले संविधानसभा विघठनको नेकपा–माओवादीको मागको औचित्य झनै पुष्टि भएको भन्दै मुलुकको समस्या समाधानको लागि संविधानसभा र सरकार विघठन गरेर सर्वपक्षीय गोलमेच सम्मेलन गरेर निकास निकाल्नु पर्ने माग गरे । उनले आफू र नेत्र विक्रम चन्दले पार्टी फुटाउने भनि गरिएको प्रचारवाजीको खण्डन समेत गरे ।‘मैले र नेत्र बिक्रम चन्दले पार्टी फुटाउन लागेको भन्ने प्रचारबाजी झुट हो,’ उनले भने ‘नेकपा–माओवादी पार्टी नफुट्ने बरु अझै एकीकृत हुँदै जान्छ ।’

No comments:

Post a Comment