Monday, June 23, 2014

मोदीको भ्रमण तयारी गर्न सुष्मा स्वराज नेपाल आउँदै

            काठमाडौ असार ९ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालमा हुने सार्क सम्मेलनको तयारी व्यवस्थाको बारेमा जानकारी लिन त्यहाँका विदेश मन्त्री सुष्मा स्वराज नेपाल आउने भएकी छिन् । भ्रमणमा मोदी नेपाल आउने चर्चा चलेपनि नेपालले त्यसको तयारी पूरा गर्न नसकेको कारण भ्रमणको मिति लम्बिदै गइरहेको छ । भुटान जानुअघि मोदी नेपाल आउने तयारीमा थिए तर नेपालले खासै चासो नदेखाएपछि उनी भुटान गएका थिए । नेपाल आउने तयारी रहेकै अवस्थामा भुटान गएको कारणले त्यहाँ मोदीले आफ्नो मन्तव्य दिँदा पटक पटक नेपालको नाम उच्चारण गरेको विश्लेषकहरुको दावी छ । यसअघिका प्रधानमन्त्री मनमोहन सिंह पनि नेपाल आउने तयारीमा थिए तर सरकारले चासो नदेखाएपछि भ्रमण स्थगित भएको थियो । साउथ ब्लकले सुष्माको यसपटक भरतीय विदेश मन्त्री सुष्मा
स्वराजले आफै आएर नेपाल सरकारसँग तयारीको बारेमा कुरा गर्ने भारतीय दुतावास स्रोतले जनाएको छ । स्रोतका अनुसार स्वराजले नेपालका विभिन्न पक्षसँग छलफल गरी तयारीको विषयमा टुगों लगाउने छिन् । मोदी भेटघाटका लागि मात्र आउनु हुन्न, उहाँ आएपछि अर्वौको विकास योजनाहरु लिएर आउनु हुनेछ, स्रोतले भने, हाइड्रो पावरदेखि लिएर, शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रमा चसोका साथ सहयोग गर्ने मनसायले प्रधानमन्त्री मोदी आउनु हुन्छ ।’ दुतावास स्रोतका अनुसार स्वराज आउने मिति तय नभएपनि अगस्त महिनाको पहिलो हप्तातिर आउने तय भएको छ ।

No comments:

Post a Comment