Friday, June 6, 2014

बामदेबले भने–ओली विजयी भैसके, अब प्रमाणपत्र पाउनमात्र बाँकी छ

काठमाडौं, जेठ २४ – एमाले उपाध्यक्ष बामदेब गौतमले वरिष्ठ नेता केपी शर्मा ओली पार्टीको नवौं महाधिवेशनबाट अध्यक्ष बन्ने निश्चत भएसकेको दाबी गरेका छन् । उपप्रधानमन्त्री समेत रहेका उनले निर्वाचन समितिले अब प्रमाणपत्र दिन मात्र बाँकी रहेको बताए । मदन भण्डारी फाउण्डेसनले राजधानीको जोरपाटीस्थित नारायणटारमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् ।
उनले ओली सर्वसम्मत अध्यक्ष बन्ने समेत ठोकुवा समेत गरे । अध्यक्षका अर्का प्रत्यासी माधव नेपालले अन्तिम समयमा आएर उम्मेदवार फिर्ता लिने र ओली सर्वसम्मत अध्यक्ष बन्ने उनको भनाई छ । ‘आठाँै महाधिवेशनमा अध्यक्ष
बन्छु भनेर लाग्नु हुने माधव नेपाल महाधिवेशनको अन्तिम अवस्थामा पराजित हुने निश्चित छ’ उनले दाबी गर्दै भने– ‘महाधिवेशन सर्वसम्मत ओली अध्यक्ष हुने निश्चित छ। ’
कार्यक्रममा केन्द्रीय सदस्य एवम् सभासद् रामेश्वर फुँयालले पनि केपी ओलीकै नेतृत्वमा नवौँ महाधिवेशनबाट सर्वसम्मतरुपमा नयाँ नृतृत्व गठन हुने दाबी गरे ।

No comments:

Post a Comment