१८ असार, काठमाडौं । भूमिगत काल पार गरेपछि हजारौं जनताबीच महाधिवेशनको
उद्घाटन गर्दै आएको नेकपा एमालेले यसपटक भने नवौं महाधिवेशनको उदघाटन
समारोह बन्द भवनभित्र आयोजना गर्ने भएको छ । रोचकचाहिँ के छ भने
भृकुटीमण्डपभित्र रहेको बन्द हलमा आयोजना गरिने उदघाटन कार्यक्रम सडकभन्दा
पारिपटि्ट रहेको राष्ट्रियसभा गृहभित्रै बसेर मज्जाले हेर्न सकिनेछ ।
नेपालको राजनीतिक इतिहासमै एमालेले गर्न लागेको यो नौलो प्राविधिक प्रयोग
हो ।
वषर्ायाम परेकाले खुल्लामञ्च वा अन्य
खुल्लास्थलमा जनता जम्मा पारेर महाधिवेशन उदघाटन गर्ने अवस्था नरहेकाले
भृकुटीमण्डपको हलमा गर्न लागिएको एमालेले जनाएको छ । अर्को रोचक के छ भने
उदघाटन बन्द हलमा गर्न लागेको एमालेले बन्दशत्रमा बाहिरियालाई समेत पहुँच
उपलब्ध गराउने
बताएको छ । कम्युनिस्ट पार्टीको बन्दशत्र सबैका लागि खुल्ला
गर्न लागिएको यो पनि पहिलो परिघटना हो ।
नवौं महाधिवेशन भने मध्य असारमा भएकाले
वर्षातका कारण खुल्ला ठाउँमा गर्न नसकिएको एमाले महासचिव ईश्वर पोखरेल
बताउँछन् । ‘हजारौं जनतालाई उदघाटन समारोहमा सहभागी गराउन सकिन्थ्यो, तर
मौसमले साथ दिएन’ उनले भने ।
एमाले महाधिवेशन मूल व्यवस्थापन समितिका
सदस्यसमेत रहेका पोलिटव्यूरो सदस्य विष्णु रिमालका अनुसार भृकुटीमण्डपको
हलमा उदघाटन समाराहमा करीव २२ सय मात्र सहभागी हुन सक्छन्, जबकि महाधिवेशन
प्रतिनिधिमात्रै २३ सय १५ छन् । स्वदेशी तथा विदेशी अतिथी र पत्रकारहरु
समेत गर्दा सहभागीको संख्या २५ सय पुग्न सक्छ ।
‘उदघाटन समारोहमा प्रतिनिधि, अतिथि र
पत्रकारहरुलाई वस्ने व्यवस्था गरिनेछ’ रिमालले भने-’अन्य साथीहरुले
राष्ट्रिय सभागृहभित्रै बसेर लाइभ हेर्न सक्नुहुन्छ’ । रिमालका अनुसार
भृकुटीमण्डपको उद्घाटन समारोहको लाइभ दृश्य सभागृहको हलभित्र
प्रोजेक्टरमार्फत प्रसारण गरिनेछ । त्यसका अतिरिक्त एमालेको वेभसाइटबाट पनि
लाइभ प्रसारण हुनेछ भने टेलिभिजनहरुले समेत लाइभ गर्नेछन् ।
भूमिगत काल पार गरेर बहुदलीय व्यवस्थामा
समाहित भएपछि एमालेले चारवटा महाधिवेशन सम्पन्न गरिसकेको छ भने पाँचौ
महाधिवेशन विहीबारदेखि आयोजना गर्दैछ । ०४९ सालमा पाँचौ महाधिवेशन दशरथ
रंगशालामा जनसहभागितामा आयोजना गरिएको थियो । छैटौं महाधिवेशन नेपालगन्जमा
०५४ मा जनसहभागितामै आयोजना भएको थियो । सातौं महाधिवेशन ०५९ सालमा
जनकपुरको रंगभूमि मैदानमा हजारौं जनताबीच उद्घाटन गरेको एमालेले आठौं
महाधिवेशन पनि ०६५ मा बुटवलमा ठूलो जनसहभागितामा उद्घाटन गरेको थियो ।
No comments:
Post a Comment