Wednesday, June 25, 2014

पर्वत एमाओवादी विवाद : समानान्तर कमिटीका अध्यक्ष पार्टीबाट निष्काशित !

             पर्वत २०७१ असार ११ । तीन दिनको अन्तरालमा दुई जिल्ला कमिटी गठन गरेर विवादमा तानिएको एकीकृत नेकपा माओवादी पर्वतमा झनै अन्तरव्दन्द बढेर गएको छ । एमाओवादी पर्वतको यहि असार ७ गते सम्पन्न जिल्ला कमिटिको बैठकले अध्यक्ष चयन गरेको कृष्ण पराजुलीको नेतृत्वमा रहेको जिल्ला कमिटिप्रति असन्तुष्टी जनाउँदै ९ गते केशव कुँवरको नेतृत्वमा ३६ सदस्यीय समानान्तर जिल्ला कमिटि घोषणा भएपछि दुबै गुटबीच बिबाद चुलिदैँ गएको छ । दुवै कमिटिले आ–आफ्नै कमिटि आधिकारीक भएको दावी गर्दै आएका छन् । कुँवरको नेतृत्वमा जिल्ला कमिटि घोषणा भए लगत्तै बुधबार पराजुली नेतृत्वको कमिटिले पत्रकार सम्मलेलन गरी पार्टीका केहि सदस्यले पार्टीको मर्म बिपरीत कमिटि घोषणा गरेको आरोप बताएका छन् । सम्मेलनमा बाँडिएको अध्यक्ष पराजुली र सचिब ढाकाराम गौतमद्धारा जारी विज्ञप्तीमा नयाँ घोषणा गरिएको कमिटीको अध्यक्ष केशव कुँवर र सचिब महेन्द्रजंग लामिछानेलाई पार्टीको सदस्यता समेत नरहने गरी अनिश्चितकालका लागि पार्टीवाट निस्कासन गर्ने निर्णय
गरेको जनाइएको छ । अन्य एक दर्जन भन्दा बढि सदस्यहरुलाई भने पार्टी सदस्यता मात्र रहने गरी अन्य जिम्मेवारीवाट हटाइएको बताइएको छ । विज्ञप्ती अनुसार नयाँ कमिटिमा रहेका कृष्ण विक किरण, कृष्ण विक मुक्ति, बालकृष्ण आचार्य, मनबहादुर पौडेल, खिलप्रसाद सापकोटा,् कमल लामिछाने, तारा गुरुङ, देवी लामिछाने, सीता शर्मा र सीता परियार कारवाहिमा परेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पराजुलीले तेस्रो जिल्ला सम्मेलनवाट चुनिएका ३८ जना सदस्यहरुको पुर्ण बैठकवाट आफ्नो नेतृत्वमा जिल्ला कमिटि निर्माण भएकाले सोहि कमिटि आधिकारीक भएको दाबी गरे । उनले पार्टीको निर्णय, पद्धति विपरित नयाँ कमिटि घोषणा गर्र्दै हिडेकाले कारबाही गर्न बाध्य भएको खुलासा समेत गरे । तेस्रो जिल्ला सम्मेलनवाट चयन भएका ३८ जना सदस्य मध्ये १०/१२ जना मात्र आफ्नो कमिटिभन्दा बाहिर रहेको स्पष्ट पार्दै केही व्यक्तिले सतही रुपमा कमिटि निर्माण गरी प्रचारबाजी मात्र गरेको आरोप अध्यक्ष पराजुलीको छ । तर गत सोमवार कुँवरको नेतृत्वमा निर्माण भएको कमिटिले पत्रकार सम्मेलन गरी पराजुलीको नेतृत्वमा गठित कमिटि पार्टीको एउटा उपगुट मात्र भएको दाबी गरेको थियो । कुवर समाहित समूहले गत वैशाख ९ गते आयोजित जिल्ला सम्मेलन समेत बहिष्कार गरेका थिए ।

No comments:

Post a Comment