Tuesday, December 9, 2014

पर्वतका तीन गाविस धुँवामुक्त बन्दै

गणेश गिरी
             पर्वत जिल्लाका तीन गाविसहरु भान्सा भित्रका धुँवामुक्त गाविस बन्ने भएका छन । जिल्ला विकास समिति पर्वतले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा जिल्लाका तीन गाविस भान्सा भित्रका धुँवामुक्त गाविस बन्ने भएका हुन । जिल्लाको थापाठाना, क्याङ र लिमिठानालाई धुँवामुक्त बनाउने अभियान सञ्चालन गरिएको जिविस पर्वतकी वातावरण, उर्जा तथा जलवायू परिर्वतन अधिकृत मञ्जु शिलाकारले बताईन । शिलाकारका अनुसार चालु आर्थिक बर्ष भित्रमा विभिन्न संघ संस्थाहरुसंगको समन्वयमा घर घरमा सुधारिएको चुलो निर्माण अभियान सञ्चालन गरिने भएको छ । क्याङ र लिमिठाना गाविसलाई असल छिमेकी संस्थाले पर्वत सामुदायिक विकास परियोजना मार्फत सहयोग गरिरहेको छ भने थापाठाना गाविसलाई
गाउँ विकास समितिले सहयोग गरीरहेको छ । जिल्लाको क्याङ गाविस उच्च पहाडी गाविस भएको हुँदा त्यस क्षेत्रमा परियोजना मार्फत फलामे चुलो वितरण भइरहेको परियोजनाले जनाएको छ ।
थापाठाना गाविस भने आगामी पौष महिना भित्र पूर्ण सरसफाई सहितको भान्साभित्रको धुँवामुक्त गाविस बन्ने अभियानमा सक्रिय रहेको त्यहाँका गाविस सचिव पूर्णबहादुर भण्डारीले बताए । नेपाललाई सन २०१७ भित्र पूर्ण सरसफाई बनाउने अभियान अन्तर्गत उक्त अभियान सञ्चालन भइरहेको छ । अभियानलाई वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र जिल्ला विकास समिति पर्वतले सहयोग गर्दै आइरहेको छ । अभियानको सामाजिक परिचालन भने सीड नेपाल नाम गैह् सरकारी संस्थाले गरीरहेको छ । हालसम्म जिल्लाका विभिन्न गाविसमा १९ हजार भन्दा बढि सुधारिएको चुलो निर्माण भइसकेका छन । बाँकी घरधुरीहरुमा पनि चुलो निर्माण कार्य अगाडि बढिरहेको बताइएको छ । 

No comments:

Post a Comment