Monday, February 23, 2015

पूर्वराजालाई माधव नेपालको जवाफ : सहमति खोज्न मेरो घरमा आउनुस्

११ फागुन, नेपालगञ्ज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘सहमति’ चाहिए आफ्नो घरमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । प्रजातन्त्र दिवसको अबसरमा पूर्वराजा ज्ञानेन्द्रले दिएको सन्देशमा ९ वर्षपछि आफूसँग सहमति भएको दावी गर्दै कार्यान्वयनको माग गरेका थिए । ज्ञानेन्द्रलाई नेपालगञ्जबाट सोमबार जवाफ दिँदै एमाले नेता नेपालले भने-‘सहमति गर्ने भनिए
को दुई व्यक्ति मध्ये एक म हुँ । अर्का गिरिजाबाबु हुनुहुन्न, उहाँलाई सोध्न सम्भव छैन । सहमति खोज्ने हो भने मकहाँ आउन सल्लाह दिन्छु ।’ उनले आफूलाई जानकारी भएसम्म राजतन्त्रको विषयमा ज्ञानेन्द्र शाहसँग कुनै पनि
सहमति नभएको स्पष्ट पारे । एमाले कोहलपुर नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेपालले भने-‘पूर्व राजासँग राजतन्त्रको संरक्षण गर्नेबारे कुनै सहमति भएको छैन । त्यतिबेला म र तत्कालिन प्रधानमन्त्री गिरिजाबाबुले पूर्व राजालाई भेटेर हामीले दिएको सम्बोधनको ड्राफ्टमा प्यारा देशबासी र पशुपतिनाथले कल्याण गरुन् भन्ने शब्दमात्र थपेर उनले बाचन गरेका हुन् ।’ सहमति भएको भनेर पूर्व राजाले संक्रमणकालको फाईदा उठाउन खोजेको उनले आरोप लगाए । यसअघि नेपालले एमाले कोहलपुर नगर कमिटीले आयोजना गरेको नगर सरसफाई कार्यक्रमको कोहलपुर चौराहामा बढारेर थालनी गरेका थिए ।

No comments:

Post a Comment