Monday, February 23, 2015

दीपिकालाई पछार्दै प्रियंका बनिन् हटेस्ट वुमन–२०१५

       
   नयाँ दिल्ली, फागुन ११ – बलिउडका चर्चित नायिका प्रियंका चोपडा र दीपिका पादुकोणबिच बलिउडको नम्बर वान पोजिसनका लागि निकै लामो समयदेखि दौड चलिरहेको छ । फिल्मको विषयमा दीपिका पादुकोणको भाग्य राम्रो भएपनि हटनेसको विषयमा भने यसपटक प्रियंका चोपडाले बाजी मारेकी छिन् । भर्खरै हटेस्ट वुमन अफ २०१५ को भोटिङमा प्रियंका चोपडालाई करिब ५३ प्रतिशत मानिसहरुले भोट दिएका छन् जबकि दीपिका पादुकोणलाई करिब ३५ प्रतिशत मानिसहरुले भोट दिएका छन् । केहि दिन पहिले प्रियंका चोपडाले संसारको सबैभन्दा सेक्सी एसियन महिलाको उपाधि जितेकी थिइन् र अब अहिले उनले हटेस्ट वुमन अफ २०१५ को उपाधि पनि आफ्नै पोल्टोमा पारेकी छिन् । प्रियंकाले सबैभन्दा सेक्सी वुमन इन बिकिनीको पोलमा पनि सबैभन्दा बढि भोट पाएकी
छिन् । प्रियंका चोपडाकी प्रतिस्पर्धी दीपिका पादुकोण अब अलि पछि परेकी छिन् । दीपिका मात्र होइन थुप्रै हलिउड सेलिब्रिटीहरु पनि प्रियंकाको अगाडि फिक्का भएका छन् । उनले ग्रेमी अवार्डस् बिजेता बेयोन्स र भिक्टोरिया सिक्रेट मोडल एडरिना लीमा पनि पछाडि पारेकी छिन् ।

No comments:

Post a Comment