रुपन्देही, । रुपन्देहीमा तेल बोकेको ट्याङकर पल्टिँदा तीन जना घाइते भएका छन् । ट्याङकरमा रहेको तेल पोखिएको छ । आयल निगमको क्षेत्रीय कार्यालय भलवारीबाट अर्घाखाँचीका लागि छुटेको लु १ ख ४९८८ नम्बरको ट्याङकर मोटरसाइकललाई जोगाउन खोज्दा सिद्धार्थ राजमार्गको मणिग्राममा शनिबार बेलुका पल्टीएको हो ।
मोटरसाइकलका यात्रारत तीन जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुकोे लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
- See more at: http://suchanakendra.com/archives/10254.html#sthash.Nz1IwU0l.dpuf
No comments:
Post a Comment