ओलीले संविधान निर्माणमा एक भएर लागेका तीन दललाई फुटाउन अहिले विभिन्न शक्तिकेन्द्र लागेको बताए । युवा संघ नेपाल केन्द्रीय समितिको बैठकलाई शनिबार राजधानीमा सम्बोधन गर्दै ओलीले भने, ‘तीन दलभित्र र बाहिर विभिन्न शक्तिकेन्द्र खेल्न खोजिरहेका छन् । हामी त्यसलाई असफल बनाउँछौं ।’
ओलीले पछिल्लो अवस्थामा तीन दलबीच केही असमझदारी बढेको स्वीकार गर्दै संविधान कार्यान्वयनका लागि पनि तीन दल मिल्नुको विकल्प नभएको स्पष्ट पारे । संविधानसभाबाट संविधान बन्न नदिन विभिन्न शक्तिकेन्द्रले गरेको प्रयास विफल पारेको स्मरण गर्दै उनले अब हुने षड्यन्त्रलाई पनि सफल हुन नदिने दाबी गरे ।
तराईमा केही दलहरू संविधानमा जनताका अधिकार छैनन् भनेर जनतालाई भड्काउन लागेको उल्लेख गर्दै उनले त्यस्तो भ्रम चिर्न युवालाई तराई जान पनि निर्देशन दिए । उनले असोज २२ गते बहुमतीय प्रक्रियाबाट नयाँ सरकार बन्ने बताए ।
बनेपा समाचारदाताका अनुसार एमाले काभ्रेले शनिबार आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले संघीयता, जाति र वर्गका नाममा जनतालाई अलमल्याएर मुलुकलाई क्षतविक्षत पार्ने खेलमा केही तत्व सक्रिय भएको बताए ।
No comments:
Post a Comment