Sunday, March 30, 2014
इन्दिरा सुगर मिलमा आगलागी हुँदा रु एक करोडको क्षति
परासी, चैत १६। नवलपरासीको प्रतापपुर गाउँ विकास समिति– ५ गङ्गापुरमा रहेको इन्दिरा सुगर मिलमा शनिबार आगलागी हुँदा करिब रु एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
मिलका महाप्रबन्धक सुरेन्द्र सुक्लाका अनुसार हावाहुरीसँगै लागेको आगोबाट मिलमा रहेका करोडौँ मूल्य पर्ने सामग्री जलेर नष्ट भएका छन्।
मिलमा आगो लागेपछि रामग्राम नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। दिउँसो मिलमा रहेको बकासबाट सल्केको आगोले मिलका अधिकांश सामान जलेर नष्ट भएका हुन्।यसैबीच हावाहुरीका कारण शुक्रबार रामग्राम नगरपालिकाको मन्जरिया चोकमा लागेको आगोका कारण पाँच घर जलेर नष्ट भएका थिए।
सुख्खा मौसममा चलेको हावाहुरीका कारण चुरे राष्ट्रपति क्षेत्रको वनमा समेत
धुम ४’ मा सलमान खान भिलेन बन्दै
जोन अब्राहिम, ऋतिक रोशन, आमिर खानको सफलता पश्चात बलिउडका दबंग खान सलमानले धुमको चौथो सिरिजमा काम गर्न लागेका हुन् ।
यशराजले सलमानलाई आजसम्म नदेखिएको अवतारमा प्रस्तुत गर्ने तयारी गरेको हो । सलमान यो सिनेमामा भिलेनको भूमिकामा देखिनेछन् ।
जसमा उनले खतरनाक स्टन्ट पनि गर्ने जनाइएको छ । नायिका भने सिनेमामा पक्का भैसकेका
नेपाल पत्रकार महासङ्घ ५९औँ वर्षमा '
काठमाडौँ, चैत १६–नेपाल पत्रकार महासङ्घले ५९औँ स्थापना दिवसको अवसरमा आज बिहान राजधानीलगायत देशका विभिन्न जिल्लामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंँमा बबरमहलबाट सुरु भएको प्रभातफेरी नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष शिव गाउँलेले दुई करोड ५० लाख नेपाली जनतामार्फत संविधानसभामाथि सञ्चार क्षेत्रबाट निगरानी राखिने बताए ।
अध्यक्ष गाउँलेले लोकतन्त्र र नागरिक अधिकारका लागि लड्दै आएको पत्रकार महासङ्घले एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी गर्न संविधानसभालाई निरन्तर दबाब दिने उल्लेख गरे ।
कार्यक्रममा महासङ्घका पूर्व सभापति हरिहर विरहीले वर्तमान
जेठमा स्थानीय निर्वाचन हुन्छ : प्रधानमन्त्री कोइराला
१६ चैत, नेपालगन्ज । प्रधानमन्त्री सुशील कोईरालाले जेठ महिना भित्रै स्थानीय निकायको निर्वाचन हुने ठोकुवा गरेका छन् । आईतबार बिहान प्रेस युनियन बाँकेले नेपालगन्जस्थित कोईराला निवासमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले जुनसुकै हालतमा जेठमा स्थानीय निकायको निर्वाचन हुने ठोकुवा गरे ।
उनले भने-’एक वर्ष भित्र संविधान जारी गर्ने र ६ महिनामा स्थानीय निकायको निर्वाचन गर्ने कुरा उच्च स्तरीय राजनीतिक संयन्त्रमा सहमति भै सकेको छ । त्यसैले स्थानीय निर्वाचन गराउन आवश्यक कानून निर्माण गरेर निर्वाचन गराईनेछ ।’
स्थानीय निर्वाचनको विरोध गर्दै आएका माओवादीहरु पनि संविधान निर्माणको लागि बाधा हुने भएकोले उनीहरु पनि सहमतिमा आउने कुरामा आफु विश्वस्त रहेको कोइरालाको भनाई थियो ।
त्यस्तै प्रधानमन्त्री कोइरालाले सरकारको ड्रिम प्रोजेक्टको रुपमा रहेको सिक्टा सिचाई आयोजनाको रोकिएको काम चाँडै नै सुरु हुने बताएका छन् । सिक्टा सिचाईको नहरले काट्ने जमिनको मुअव्जा विवादले लामो समयदेखि सो परियोजनाको काम ठप्प छ ।
सिक्टा सिंचाई नहरको विभागीय
क्षतिपुर्ति माग्दै धर्ना बसेका कलाकारमाथि प्रहरी दमन '
काठमाडौँ,चैत१६–चर्चित लोक गायिका मञ्जु महतको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै गोङ्गबु चोकमा धर्ना दिएका कलाकारहरुलाई आज प्रहरीले पक्राउ गरेको छ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमालसहितका १२ जना कलाकारलाई प्रहरीले आज पक्राउ गरेको हो । सो क्षेत्र अहिले तनावग्रस्त भई यातायात सञ्चालनमा असुविधा भएको छ ।
महानगरीय प्रहरी प्रभाग महाराजगन्जले उनीहरुलाई पक्राउ गरी लगेको गीतकार सुमन बैरागीले जानकारी दिनुभयो । गएको बिहीबार दिउँसो ठमेलस्थित गल्कोपाखामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचार गराइ रहनुभएकी लोकगायिका महतको हिजो साँझ निधन भएको थियो ।
रत्नपार्कदेखि गोङ्गबु क्षेत्रमा सञ्चालन हुने माइक्रो गाडीले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । आज सो क्षेत्रमा माइक्रो सेवा बन्द भएको छ । महतको परिवारले दुर्घटनाको छानबिन पश्चातमात्र शव बुझ्ने बताएको गीतकार
Friday, March 28, 2014
सन्नी लियोनीलाई भारतबाट निष्कासित गर्न माग
(एजेन्सी) पछिल्लो समय रागिनी एमएमएस–२ बाट चर्चा बटुलिरहेकी सन्नी लियोनीलाई भारतबाट निष्कासन गर्ने माग भारतको हिन्दु जनजागरण समितिले गरेको छ ।
साथै, उनको रागिनी एमएमएस–२ को प्रदर्शनमाथि पनि रोक लगाउन समितिले माग गरेको छ । समितिले आफ्नो मागसहितको ज्ञापनपत्र केन्द्रिय चलचित्र प्रमाणिकरण बोर्डमा बुझाएको छ ।
पोर्न चलचित्रबाट बलिवुडकी नायिका बनेकी लियोनीको रागिनी एमएमएस–२ भारतीय अत्मसम्मान, संस्कृति र हिन्दु धर्मको अपमान गरेको अरोप समितिले लगाएको छ । समितिले चलचित्रको शुरुवातमा हनुमान चालिसाको प्रयोग गरेकोमा पनि अपत्ति जनाएको छ । भारतमा बलात्कार र यौनदुव्र्यवहार बढी रहेको अवस्थामा यस्ता अश्लिल चलचित्रले त्यसलाई झन् बढावा दिएको आरोप पनि समितिको छ ।
तत्कालै चलचित्रको प्रदर्शनमा रोक नलगाए हल अगाडि गएर प्रदर्शन गर्ने समितिले
Subscribe to:
Posts (Atom)



