काठमाडौं।
नेपाल प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पमा अनियमितता भएको भन्दै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलबन्दी गरेको छ। तर, सो पम्पमा लामो
समयदेखि बसेर अनियमितता गर्ने सञ्चालकलाई भने छुट दिइएको छ।
त्यसरी छुट पाउने भाग्यमानी व्यक्ति हुन्– प्रहरी निरीक्षक डिल्लीसिंह पाण्डे। प्रहरी कल्याण कोषद्वारा सञ्चालित प्रधान कार्यालय नक्सालअन्तर्गतको पेट्रोल पम्पका पाँचवटा
नोजलमध्ये दुईवटामा कम परिणाम
भेटिएको थियो। उनीहरूले परिमाण कम दिएर सर्वसाधारणलाई ठगी गर्दै
हाकिमहरूलाई भने नजराना चढाउँदै आएका थिए। त्यही कारण अख्तियारले दोषी
भेटेपछि निलम्बन गर्नुपर्ने माग उठिरहँदा पाण्डेलाई भने उल्टै
पुरस्कारस्वरूप त्यहीँ राखिएको बताइएको छ। लामो समयदेखि सो पेट्रोल पम्पमा कम परिमाणमा पेट्रोलियम पदार्थ बिक्री
वितरण हुने गुनासो सुनिन थालेपछि बिहीबार अख्तियार, वाणिज्य विभाग र
जिल्ला प्रशासनको टोलीले बिक्री केन्द्रहरूको आकस्मिक निरीक्षण गरेको थियो।
टोलीले एउटा नोजलमा प्रतिपाँच लिटरमा ३० मिलिलिटर डिजेल कम पाएपछि
नक्सालस्थित प्रहरी प्रधानकार्यालयको पम्पलाई सिलबन्दी गरी थप परीक्षणका लागि नापतौल तथा गुणस्तर
विभागमा परीक्षणका लागि पठाएको थियो। तर, पेट्रोल पम्पका कर्मचारीहरूले भने
मेसिनमा खराबी आएको भन्दै पानीमाथिको ओभानो बन्ने दुष्प्रयास गरेका छन्।
अब गुणस्तर तथा नापतौल विभागले एक महिनासम्म कारोबारमा रोक लगाउन र एक हजार
रुपियाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ भने एक महिनापछि अदालतमा
मुद्दाको रूपमा लैजाँदा ऐनअनुसार अदालतले यस्तो पम्प सञ्चालकलाई एक वर्ष
कैदको फैसला गर्न सक्छ। प्रहरी पेट्रोल पम्पलाई कमाइको प्रमुख अखडा बनाउन सकिने भएकाले पम्पका
कर्मचारीहरू कहिल्यै सरुवा भएर अन्यत्र जान मान्दैनन्। सामान्य जवानको समेत
अवैधानिक आम्दानी ३० हजार रुपियाँभन्दा बढी हुने भएपछि सो पम्पमा आउन
प्रहरीहरूमा हानथाप र त्यहाँबाट सरुवा हुनुपरेपछि टाउको दुखाइ हुने गर्छ।
अझ रोचक कुरा त पेट्रोलको अभाव भएका बेला रातारात जर्किनमा हालेर ओसार्ने र
महँगो मूल्यमा अन्यत्र बेच्ने गरेको पाइन्छ। विकट रामेछापको गेलु गाविसमा
जन्मिएका साधारण हैसियतका पाण्डे केही वर्षमै करोडौंको मालिक यसै भएका
होइनन् भन्ने त उनका समकक्षीहरुलाई थाहै थियो। झन् अहिले यस्तो काण्ड बाहिर
आएपनि उनको सम्पत्तिको स्रोत खोज्दै अकुत सम्पत्तिको मुद्दामा छानबिन
गर्नुपर्ने माग उठेको छ। उनको अहिले नरेफाँटमा पाँत तलाको घर छ भने
सर्लाहीमा पाँच बिघा जमिन छ। प्रहरी कल्याण शाखाका प्रमुख एसएसपी पशुपति
उपाध्यायलाई मासिक राम्रै नजराना बुझाएर प्रहरी निरीक्षक पाण्डे टिकिरहेको
बताइन्छ। यसअघि पनि सो पम्पमा कार्यरत रहेका प्रहरी निरीक्षक जोगलाल
डंगोलसहित तीन जनालाई कारबाही भएको थियो। उनीहरूले चरम घोटाला गरेको भन्दै
मुद्दा परेपछि अझै मुद्दा खेपिरहेका छन्। डीआईजी उपेन्द्रकान्त अर्यालको
संयोजकत्वमा गठित छानबिन टोलीले नक्साल र पथलैयाका पम्पमा १० वर्षमा ४ करोड
९३ लाख ७ हजार ७९ रुपियाँ अपचलन भएको ठहर गरेको थियो।त्यसरी छुट पाउने भाग्यमानी व्यक्ति हुन्– प्रहरी निरीक्षक डिल्लीसिंह पाण्डे। प्रहरी कल्याण कोषद्वारा सञ्चालित प्रधान कार्यालय नक्सालअन्तर्गतको पेट्रोल पम्पका पाँचवटा
No comments:
Post a Comment