Friday, July 19, 2013

बोगटीलाई पार्टी अध्यक्ष बनाई प्रचण्ड र नारायणकाजीलाई पदत्याग गर्न सुझाव

Bikesh-shresthaएमाओवादी केन्द्रीय सदस्य विकेश श्रेष्ठले गरे पद त्यागको घोषणा

                  ४ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं प्रचण्डका पूर्व निजीसचिव विकेश श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई समेत पद त्याग गरी सर्वोच्च एवं बरिष्ठ नेताका रुपमा रहन लिखित आग्रह गर्नुभएको छ । 
                                श्रेष्ठले प्रचण्डलाई बुझाउनुभएको ‘सुझावसहितको पदत्याग’ पत्रमा पार्टी संगठनात्मकरुपले पार्टी गम्भीर संकटमा फसेको जनाउँदै अध्यक्ष र उपाध्यक्षलाई समेत पद त्याग गर्न र महासचिव पोष्टबहादुर बोगटीलाई कार्यकाहक अध्यक्ष बनाउन सुझाव दिनुभएको हो ।
                            श्रे ष्ठले एमाओवादी पार्टीभित्रका समस्यालाई २०
वटा बुँदामा उल्लेख गर्दै सामाधानका लागि १६ बुँदे सुझाव दिनुभएको छ । उहाँले दिनुभएको सुझावमा प्रचण्ड, नारायणकाजी, बाबुराम लगायतका स्वेच्छिक अवकाश लिई संरक्षकका रुपमा रहने नेताहरुको ७ जनाको कमिटी सिवधानमा व्यवस्था गर्न भनिएको छ । साथै प्रचण्ड र प्रकाशले अवकास लिएपछि महाधिवेशनबाट चुनिएका महासचिव पोष्टबहादुर बोगटीलाई कार्यबाहक अध्यक्ष बनाउन श्रेष्ठले माग गर्नुभएको छ ।

No comments:

Post a Comment