पर्वत
२०७० पुस १२ । पर्वतमा सन् २०१७ सम्म आधारभूत खानेपानीको सुविधा पु¥याई
सुरक्षित पानी युक्त गाविस घोषणा गर्ने र सवै गाविसहरुमा खुल्ला दिसामुक्त
गाविस घोषणा सँगै सरसफाईमा सचेतना विस्तार गर्ने उद्देश्यले पर्वतमा वास
रणनैतिक योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
गत बर्ष देखि प्रारम्भ गरिएको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिले जानकारी दिएको छ ।
विहिबार एक बहुसरोकारवालाको बैठकमा समितिले निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । सन् २०१७ सम्म सम्पन्न हुने गरी उक्त गुरुयोजना तयार पारिएको हो । गुरुयोजना निर्माणका लागि समग्र ९५ करोड ८१ लाख २६ हजार रुपैँयाको अनुमानित लागत स्टिमेट
गरिएको छ ।विहिबार एक बहुसरोकारवालाको बैठकमा समितिले निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । सन् २०१७ सम्म सम्पन्न हुने गरी उक्त गुरुयोजना तयार पारिएको हो । गुरुयोजना निर्माणका लागि समग्र ९५ करोड ८१ लाख २६ हजार रुपैँयाको अनुमानित लागत स्टिमेट
पर्वत जिल्ला मुलुकको छैठौँ खुल्ला दिशामुक्त जिल्ला घोषणा भइसकेको सन्दर्भमा खानेपानी र सरसफाईमा सवैको पहुँच अभिबृद्धि गर्ने उद्देश्यले उक्त गुरुयोजना निर्माण गर्न लागिएको समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।
सन् २०१३ देखि २०१७ सम्म गरी पञ्चबर्षिय योजनाका रुपमा अघि बढाइएको उक्त
गुरुयोजनाको अनुमानित लागत रकम मध्ये ७० करोड भन्दा बढी रकम खानेपानी
सुधारका लागि मात्रै छुटाइएको छ भने अन्य सरसफाई र आयआर्जन लगायतका कार्यका
लागि ब्रेक डाउन गरिएको छ ।
गुरुयोजना निर्माणका क्रममा खानेपानी तथा सरसफाई अनुगमन, अन्तरक्रिया,
आयआर्जन तथा क्षमता अभिबृद्धि, जलबायु परिवर्तन अनुकुलन क्रियाकलाप सञ्चालन
लगायतका शिर्षकमा अनुमानित लागत रकम छुट्टाइएको छ ।
No comments:
Post a Comment