Friday, July 19, 2013

आज हरिशयनी एकादशी आँगनको तुलसीमा कति धेरै शक्ति !


tulasi                     ४ साउन, काठमाडौं । आज हरिशयनी एकादशी, ठूली एकादशी पनि भनिने आजको दिन घरघरमा तुलसी रोपिएको छ । धेरै गुण हुने वनस्पति तुलसीलाई धार्मिकसँगै स्वास्थ्य र वातावरणको दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । मान्छेको प्राण जानेबेला तुलसीको पात खुवाउने र तुलसी नजिक लगोर सुताउने गरिन्छ । जीवनको अन्तिमबेलामा मात्र होइन, अरु बेला पनि तुलसी उत्तिकै महत्वपूर्ण वनस्पति मानिन्छ ।
                 डाक्टरहरुका अनुसार तुलसीमा सयौं रोग निको गर्ने क्षमता हुन्छ । पात, हाँगा, फूल, जरा, बीऊ सबै उत्तिकै महत्वका हुन्छन् । तुलसीको नियमित सेवनले भोक जगाउने, खानामा रुची बढ्ने, पाचनक्रिया बढाउने तथा झाडाबान्ता पनि रोक्ने डाक्टरहरु बताउँछन् । यस्तै तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीको सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ । यस्तै तुलसीको वोट र
यसको सुगन्ध पुगेको ठाउँभित्र कुनै पनि विषाक्ता किटाणु बस्न सक्दैन । तुलसीसँग नजिक हुँदा निरोगी भइने भएकाले बिहान-बिहान तुलसीको पूजा गर्ने चलन बसेको हो भन्नेहरु पनि छन् ।
                     तुलसीले अजीर्ण, अरुची र उदरशूल जस्ता सामान्य रोग तथा मुटु, मिर्गौला जस्ता जटिल रोगमा समेत औषधिको काम गर्छ । तुलसीमा क्यान्सरजस्तो ठूलो रोगसंग लड्ने क्षमता पनि भएको बैज्ञानिकहरुले पुष्टी गरिसकेका छन् । धार्मिक रुपमा त तुलसीलाई पहिलेदेखि नै महत्व दिने गरिएको छ । आजदेखि भगवान विष्णु वनस्पति झारको तुलसीको रुपमा परिणत हुने विश्वास छ । तुलसीको रुपमा घरघरमा विष्णु उपस्थित हुने र असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ ।

No comments:

Post a Comment