डाक्टरहरुका अनुसार तुलसीमा सयौं रोग निको
गर्ने क्षमता हुन्छ । पात, हाँगा, फूल, जरा, बीऊ सबै उत्तिकै महत्वका
हुन्छन् । तुलसीको नियमित सेवनले भोक जगाउने, खानामा रुची बढ्ने,
पाचनक्रिया बढाउने तथा झाडाबान्ता पनि रोक्ने डाक्टरहरु बताउँछन् । यस्तै
तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीको सुगन्धले शुद्ध पार्छ
भन्ने विश्वास छ । यस्तै तुलसीको वोट र
यसको सुगन्ध पुगेको ठाउँभित्र कुनै
पनि विषाक्ता किटाणु बस्न सक्दैन । तुलसीसँग नजिक हुँदा निरोगी भइने भएकाले
बिहान-बिहान तुलसीको पूजा गर्ने चलन बसेको हो भन्नेहरु पनि छन् ।
तुलसीले अजीर्ण, अरुची र उदरशूल जस्ता
सामान्य रोग तथा मुटु, मिर्गौला जस्ता जटिल रोगमा समेत औषधिको काम गर्छ ।
तुलसीमा क्यान्सरजस्तो ठूलो रोगसंग लड्ने क्षमता पनि भएको बैज्ञानिकहरुले
पुष्टी गरिसकेका छन् । धार्मिक रुपमा त तुलसीलाई पहिलेदेखि नै महत्व दिने
गरिएको छ । आजदेखि भगवान विष्णु वनस्पति झारको तुलसीको रुपमा परिणत हुने
विश्वास छ । तुलसीको रुपमा घरघरमा विष्णु उपस्थित हुने र असार शुक्ल
एकादशीलाई हरिशयनी एकादशी भनिन्छ ।
No comments:
Post a Comment