Monday, July 1, 2013

मालसामान गायबपछि संझनाको अर्को करामत

                        ‘आँखा झिमिक्क मालसामान गायब’ बोलको गीतमा नृत्य गरेर एकाएक चर्चामा आएकी मोडल संझना प्याकुरेल फेरी अर्को करामत गर्ने तयारीमा छिन् । 
                  उनले अभिनय गरेको चलचित्र ‘करामत’ भदौ ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । दिनेश पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रलाई रोहि श्रेष्ठ र राजु महर्जनले निर्माण गरेका हुन् ।
               चलचित्रमा सुमन सिंह, संझना प्याकुरे, सोनिया शर्मा, राजु महर्जन लगायतका कलाकारको अभिनय छ । 
                 चलचित्रमा लक्ष्मण शेषले संगीत भरेका छन् । यसैबिच चलचित्रमा समावेश ‘के भो के भो’ बोलको गीत अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । 
                  यो गीतमा प्रविशा अधिकारीले आवाज दिएकी छिन् । दयाराम पाण्डेले लेखेको यो गीतमा सुमन सिंह र संझना प्याकुरेलको नृत्य हेर्न सकिन्छ ।

No comments:

Post a Comment