Monday, July 1, 2013

बैद्य माओवादीले चुनाब बहिस्कार गर्न छलफल

                    काठमाडौं,असार१७–नेकपा–माओबादीको केन्द्रिय समिति बैठक सोमबार तेस्रो दिन पनि जारी छ । पोखरामा जारी बैठक केहीबेरपछि सुरु हुनेछ । 
               अध्यक्ष मोहन वैद्यले चुनाब बहिस्कार गर्ने प्रस्तावमा बाँकी केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको प्रवक्ता पम्फा भूषालले जानकारी दिए । 
                   आइतबारको बैठकमा ४० जनाले बोलेका थिए । अध्यक्षको प्रस्तावमा आइतबार धारणा राख्ने अधिकांश सदस्यले चुनाब बहिस्कार गर्ने बताएका
थिए । कतिपयले जनबिद्रोहको कार्यदिशा पारित गरेर जानुपर्ने बताएका थिए भने केही सदस्यहरुले सरकार र राजनीतिक दलहरुसँगको वार्तामा जानुपर्ने बताएका थिए ।

No comments:

Post a Comment