Friday, July 19, 2013

सरकारले वार्ताका लागि बैद्य माओवादीलाई पत्र पठायो

                        ४ साउन, काठमाडौं । सरकारले वार्तामा आउन आग्रह गर्दै नेकपा-माओवादी औपचारिक पत्र पठाएको छ । 
            मन्त्रिपरिषद्, परामर्श तथा समन्वय समितिका संयोजक एवं गृहमन्त्री माधवप्रसाद घिमिरले वार्तामा आउन आहृवान गर्दै शुक्रबार माओवादी अध्यक्ष मोहन बैद्य किरणलाई पत्र पठाउनु भएको हो ।
                 वार्ता, सम्वाद र छलफलबाट समाधान निकाल्नस किने भन्दै पत्रमा नेकपा-माओवादी र सम्बद्ध मोर्चालाई वार्ताका लागि पुनः आमन्त्रण गरिएको छ । 
                      वार्ताको स्थान र समय दुबै पक्षको सहमतिमा निर्धारण गर्न सकिने पत्रमा उल्लेख छ । यसअघि मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले माओवादीले वार्ता
टोली गठन गरेकोमा स्वागत गर्दै वार्तामा आउन माओवादी र उसको नेतृत्वको ३३ दलीय मोर्चालाई आहृवान गरेको थियो ।

No comments:

Post a Comment