Thursday, July 18, 2013

डनसँग अदालतले माग्यो ३ करोड, लामा हाँस्दै जेल गए

                  काठमाडौं, साउन ३- गैह्रकानुनी रुपमा अकुत सम्पती आर्जन गरेको ठहर गर्दै विशेष अदालतले डन गणेश लामालाई दोषी ठहर गरेको छ । अदालतले लामासँग ३ करोड धरौटी माग गरेको छ । 
                  धरौटी नबुझाएपछि डन लामालाई डिल्लीबजार सदरखोर चलान गरिएको छ । जेल जानु अघि अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामाले आफूलाई फसाइएको दावी गरे । यद्यपि उनी जेल जाँदा अदालत परिसरमा हँसिलो देखिन्थे । समर्थकहरुलाई अभिवादन गर्दै विदावादी भएपछि  मुस्कुराउँदै उनी  प्रहरीको साथ लागेर जेततिर गएका
थिए ।
          अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमन भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासले थुनछेक बहसपछि लामासँग ३ करोड धरौटी मागेको थियो । धरौटी नबुझाएपछि लामालाई थुनामा पठाइएको अदालतका रजिष्टार धिरबहादुर चन्दले जानकारी दिए ।
           बहस नसकिएकाले लामालाई बुधबार प्रहरी प्रभाव सिंहदरवारमा न्यायीक हिरासतमा पठाइएको थियो । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका लामालाई २७ करोड १ लाख ६१ हजार अवैध सम्पत्ति कमाएको अभियोग छ । तर, लामाले भने आफ्नो व्यावसायबाट सम्पत्ती आर्जन गरेको दाबी गर्दै आएका छन् ।
                  मुद्दा दायर गरिएका ५ डनमध्ये परशुराम बस्नेत २ करोड धरौटीमा छुटेका छन् भने चक्रे मिलन जेलमा छन् । यस्तै   अभिशेक गिरी र दिपक मनाङ्गेको मुद्दामा सुनुवाई हुन बाँकी छ । उनीहरु हालसम्म अदालतमा उपस्थित भएका छैनन् ।

No comments:

Post a Comment