Friday, July 19, 2013

बल्खु पुगेर पनि ओली केन्द्रीय समिति बैठकमा गएनन्


खनालद्वारा राजनीतिक प्रतिवेदन

                       ४ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक शुक्रबारबाट सुरु भएको छ । तर, बैठकको पहिलो दिन नेता केपी शर्मा ओली भने बैठकमा सहभागी हुन भएन ।
                   ढिला गरी पार्टी कार्यालय बल्खु पुगेका नेता ओली बैठकमा भने सहभागी नहुनु भएको एक नेताले बताए । ‘चिया ब्रेकमा उहाँ कार्यालय परिसरमा देखिनु भएको थियो तर, माथि बैठक कक्षमा उक्लिनु भएन’ एक नेताले भने ।
                          बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले अबको निर्वाचनमा एमालेलाई बहुमतसहितको पहिलो पार्टी बनाउने योजनासहितको राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । प्रतिवेदनमाथि शनिबारबाट छलफल हुनेछ ।

No comments:

Post a Comment