बलिउडका अविवाहित नायक सलमान खान
यतिबेला रुमानियाकी टेलिभिजन स्टार लूलियासँग रोमान्स गरिरहेका छन् । सलमान
र लूलियालाई केही समय अघि मात्र हैदाराबाद एयरपोर्टमा देखिएको थियो ।
लूलिया यतिबेला सलमानकै घरमा रहेको पनि बताइएको छ ।
तर
सलमानले रोमान्स गरिरहेकी रुमानियाकी लूलिया पहिले नै विवाहित रहेको खबरले
यतिबेला बलिउड बजार तताएको छ । लूलिया विवाहित रहेको बिषयमा सलमानलाई पनि
जानकारी भएको भारतिय संचारमाध्यमले जनाएका छन् । रुमानियाकै चर्चित संगीतकार मैरियस मोगा र
लूलियाको विवाह भैसकेको भारतिय मिडियाहरुले जनाएका छन् । यि दुई बारम्बार
डेटमा रमाउने गरेका थिए । लूलिया र मैरियसले एकसाथ रुमानियाको एक
टेलिभिजनमा रियालिटी शो संचालन गरेपछि यि दुइको निकटता बढेको थियो । आफूहरु बिच निक्कै धेरै समाचार बाहिर
आएपछि मैरियस र लूलियाले फेसबुक मार्फत आफूहरु विवाहित भएको जानकारी दिएका
थिए । मैरियस मोगा ले फेसबुकको रीलेशनसिप स्टाटसमा ‘म्यारिड टू लूलिया
वेचर’ लेखेका थिए । उनले सन् २०१२ को अगष्ट ७ मा यो स्टाटस पोष्ट गरेका थिए
। तर यतिबेला दुबै जना यस बिषयमा केही बोलेका छैनन् ।
No comments:
Post a Comment