Friday, July 19, 2013

एचआइभी पीडित बालबालिकासँग माल्भिकाको जन्मदिन

            पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफ्नो जन्मदिन एचआइभी पीडित बालबालिकाहरुसँग मनाएकी छिन् । उनले शुक्रबार कीर्तिपुरस्थिति सफलता एचआइभी शिक्षा सदनका बालबालिकाहरुसँग जन्मदिन मनाएकी हुन् ।
               साथै उनले जन्मदिनको अबसर पारेर शिक्षा सदनलाई १ लाख सहयोग समेत दिएकी छिन् । ‘यसअघि विभिन्न च्यारिटीहरुमा संलग्न भएपनि नगद सहयोग गरेको थिइन । आज जन्मदिनको अबसरमा एचआईभी पीडित बालबालिकाहरुलाई सहयोग
गरेको हुँ’ उनले  सँग भनिन् । सफलता एचआइभी शिक्षा सदनमा हाल १७ जना बालबालिका अध्ययनरत छन् । उनीहरुमध्ये केहीको आमाबाबु समेत छैनन् ।

No comments:

Post a Comment