Sunday, August 18, 2013

डन दिपक मनाङेलाई विशेष अदालतमा पेश

                    काठमाडौं, साउन २– डन दिपक मनाङेलाई आइतबार बिशेष अदालतमा पेश गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरोको टोलीले मनाङगेलाई शनिबार कमलपोखरीको सिटी सेन्टरबाट पक्राउ गरेको थियो । हिरासतमै राखेर अनुसन्धान गर्न अनुमतिका लागि मनाङगेलाई विशेष अदालतमा पेश गरिएको हो ।
          सम्पत्ति शुद्धिकरण मुद्धामा बिशेष अदालतमा हाजिर हुन दिइएको आदेशको अवज्ञा गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
                  सम्पत्ती सुद्धिकरण विभागले जेठ ३ गते १४ करोड ७३ लाख ३१ हजारभन्दा बढी अवैध सम्पत्ति जम्मा गरेको दावी गर्दै अदालतमा
मुद्दा दायर गरेको थियो । विभागले उनीसहित अन्य ४ जना डनहरु गणेश लामा, पर्शुराम बस्नेत, चक्रे मिलन, र अभिषेक गिरीलाई अदालतमा मुद्दा दायर गरेको थियो । यसअघि नै अदालतमा उपस्थित भएक्ा गणेश लामा ३ करोड र परशुराम बस्नेत २ करोड धरौटीमा छुटिसकेका छन् । यस्तै चक्रे मिलन लागू औषधको मुद्दामा जेलमा छन् । अर्का अभियुक्त अभिषेक गिरी भने फरार छन् ।

No comments:

Post a Comment