२ भदौ, बैतडी । बैतडीको सलेनामा चार
छोराछोरी भएका एक व्यक्तिले आफ्नै नौ वर्षीया छोरीलाई बलात्कार गरेका छन् ।
रातिको समयमा छोरीलाई बलात्कार गर्ने ३५ वर्षीया बाबुलाई प्रहरीले पक्राउ
गरेको छ । स्थानीय इलाका प्रहरी कार्यालय मेलौलीबाट गएको प्रहरी टोलीले
उनलाई पक्राउ गरी सदरमुकाम ल्याएको छ ।
घटना ६ दिन अघि घटेको भएपनि प्रहरीले ढिलो
खबर पाएकाले कारबाही पनि ढिलै भएर अघि बढेको इलाका प्रहरी कार्यालय
मेलौलीका इन्चार्ज शङ्कर पन्तले बताउनुभयो । असार २८ गते मध्यरातमा आफ्नै
बाबुबाट बलात्कृत भएकी बालिका दोस्रो दिन घरबाट भागेर छिमेकीको घरमा
गएपछि
घटना सार्वजनिक भएको हो ।
दयालकी जेठी छोरीको बिहे भइसकेको छ भने
त्यसपछिकी नौ वर्षीया अर्की छोरी बलात्कृत भएकी हुन् । उनको अर्की छ
वर्षीया छोरी र सबैभन्दा कान्छो तीन वर्षीया छोरा रहेको छ ।बलात्कृत
बालिकाको जिल्ला अस्पताल बैतडीमा स्वास्थ्य परिक्षण गरिएको प्रहरी निरीक्षक
अनिल उप्रेतीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले
जनाएको छ । रासस
No comments:
Post a Comment