सार्वजनिक ओहोदामा रहिसकेका त्यस्ता व्यक्तिका नाममा अस्वाभाविक मात्रामा
सेयर देखिएपछि कालो धनलाई सेतो बनाउने उद्देश्यले लगानी गरिएको हुन सक्ने
आशंका राष्ट्र बैंकका अधिकारीहरूले गरेका छन्। उक्त बैंकमा संस्थापक सेयर
धनी नं. २३, धोबीघाट, ललितपुर ठेगाना रहेका गडुलशमशेर जबराको नाममा मात्र
८८ हजार ६ सय ९६ कित्ता सेयर रहेको पाइएको छ। यो भनेको ८८ लाख ६९ हजार ६ सय
रुपियाँ
हो। बैंकको कूल पुँजीको शून्य दशमलव ९९ प्रतिशत सेयर रहेका यी
व्यक्ति पूर्वप्रधानसेनापति हुन्।उनी सेना प्रमुख छँदा सम्भार रथी विभागमा सैनिक सरसामान तथा उपकरण किन्दा ठूलो भ्रष्टाचार काण्ड भएको थियो। तत्कालीन सम्भार रथी विभाग प्रमुख उपरथी योगेन्द्रजंग राणालाई जेल सजाय र अर्का कर्णेललाई अवकाश दिइएको थियो। तर, गडुलशमशेरमाथि अदालती कारवाही अगाडि बढाइएन। बरु दबाबमा समयावधि बाँकी छँदै राजीनामा दिएर छोड्न लगाइएको थियो। यिनकै पालामा सैनिक कल्याणकारी कोषको रक मनपरि खर्च गरिएको थियो। वित्तीय संस्थाहरूमा लगानी गर्दा कमिसन लिएको कुरा पछि खुलेको थियो। सेनाका तल्लो दर्जाका सिपाहीहरू स्वदेश र विदेशमा बगाएको रगत पसिनाको आर्जन कटाई जम्मा गरेको करोडौँ रकम डुबेको छ।
पूर्वप्रधानसेनापति जबराको जीनशैली र यस्तो अकूत रकमबारे खोतल्दै जाने हो भने यथार्थ स्पष्ट हुनेछ। ‘१० वर्षअघि हिउँचुली विकास बैंकमा यत्रो रकम लगानी गर्नु भनेको आजको हिसाबले कम्तीमा ५ करोड हुन्छ,’ स्रोत भन्छ, ‘एउटा सानो बैंकमा यत्रो लगानी छ भने अरु बैंक, फाइनान्स र औद्योगिक क्षेत्रमा कति होला? फेरि आफ्नै नाममा लगानी नगरी परिवारका नाममा गरेको लगानी अथाह छ।’ तर, यसको छानबिन र अनुसन्धान कसले गर्ने? विशुद्ध मुलुकको सेवामा समर्पित भनिएका सेनाका प्रमुखले यत्रो रैरकम कसरी जम्मा गरे? यसको स्रोत के थियो? यसको छानबिन कसले गर्ने?
No comments:
Post a Comment