Monday, August 19, 2013

भाइको बिहेमा किन मायामा भन्दै नाचे शोभित


                    आफैले निर्देशन गरेको सबैजसो चलचित्रमा कुनै न कुनै भूमिकामा देखिन रुचाउने निर्देशक शोभित बस्नेत भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको ‘जंजीर’मा पनि देखिएका छन् ।
                              निर्माणपक्षले  सार्वजनिक गरेको नयाँ गीतमा शोभितको नृत्य हेर्न सकिन्छ । करण श्रेष्ठ क्रेजीको निर्माणमा तयार भएको यो चलचित्रमा जयकिशन बस्नेत, हषिर्का श्रेष्ठ लगायतका कलाकारको
अभिनय छ । चलचित्रको एक गीतमा निर्देशक बस्नेत पनि देखिएका छन् ।
                          पूर्णतया कमेडी तथा पारिवारिक कथावस्तुमा तयार भएको यो चलचित्रलाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ । चलचित्रको एक गीत र प्रोमो सार्वजनिक गरिएको छ ।

No comments:

Post a Comment