‘एक्टिङको हिसाबले अमिर खान एकदम मनपर्छ, राणाले आफ्नो फिल्मी रुचीबारे
अनलाइनखबरसँग भन्नुभयो, ‘टाइम पासका लागि हेर्नलाई सलमान खान रमाइलो लाग्छ
।’
आरजुको रुची उहाँकै भनाइमा-
म फिल्म एकदम हेर्छु । म त इण्डियामा १० वर्ष बसेर पढेको,
त्यसैले एकदम
सिनेमा हेर्छु । म हिन्दी सिनेमा नै बढी हेर्छु । नेपाली सिनेमा कुनै एकदम
राम्रो छ भनेर कहिले गएर हेर्छु । घरमा भन्द पनि हलमै गएर हेर्छु । हलमा
फिल्म हेर्दा छुट्टै मज्जा हुन्छ । म, मेरो मुमा र साथीहरुसँग गएर हेरिन्छ ।
अस्ति एउटा सिनेमा हेर्न सिटी सेन्टरमा गएको, अर्कै हलमा पसिएछ । आमा पनि
बूढी, छोरी त बूढी भैहाल्यो, चश्मा झिकेर टिकटमा हेर्नुपर्ने, नहेरी
गार्डलाई भनेर ३ नम्बरमा गएर बसेको त अर्कै सिनेमा आउँछ बा Û
उहाँ -शेरबहादुर देउवा) ले सिनेमा हेर्न भ्याउनुहुन्न । हलमा पनि जान
मिलेन । उहाँ घरैमा आध्यात्मिक कार्यक्रमहरु, न्युजहरु धेरै हेर्नुहुन्छ ।
उहाँले गीत त सुन्दै सुन्नुहुन्न । उहाँ प्रचण्डजस्तो नाच्नुहुन्न । पहिले
नै धेरै नाचिसक्नुभयो । मसँग बिहा गर्नुभन्दा अघि धेरै नाचिसकेको भएर अहिले
त्यति धेरै रुची छैन । हुन त अहिले पनि केटीले नाचौं भने त
नाचिहाल्नुहुन्छ नि । चान्चनलाई के छ र । तर, कोही छोरी त कोही नातिनी
उमेरका छन् ।
मलाई लुट भन्ने सिनेमा एकदमै राम्रो लाग्यो । नेपाली हिरोइनमा सबभन्दा
राम्री त मलाई करिश्मा मानन्धर लाग्छ । सी इज भेरी गुड लुकिङ । रियल लाइफमा
पनि कमै मान्छे त्यति राम्री होलान् । रियल राइफमा एकदमै ब्युटिफूल देखेको
मैले करिश्मा मानन्धरलाई हो । एकदमै राम्री छन् उनी ।
हिरोमा चाहिँ….. खै । नेपाली सिनेमाका हिरोहरु त्यति राम्रो कोही पनि
लाग्दैनन् । राजेश हमाललाई म पहिलेदेखि नै चिन्छु । हिरोभन्दा पनि सोसियल
वर्कर । राजेश हमालले खेलेको एउटै फिल्म हेरेकी छु । प्रेमपिण्ड, त्यसमा
चाहिँ उहाँले राम्रो एक्टिङ गर्नुभएको थियो ।
तर, मलाई लुटको हिरोहरु एकदमै राम्रो लाग्यो । योङ योङ मान्छे । हाकु
काले अनि त्यो कर्मा त मेरो साथीको छोरा हो । सानोमा देखेको, अहिले त हिरो
भएछ । उनीहरुको एक्टिङ एकदम नेचुरल क्या ! त्यो सिनेमा मलाई एकदमै राम्रो
लाग्यो । त्यो सिनेमा बाएचान्स हेर्न गएको हो, तर यस्तो राम्रो रै’छ । त्यो
त हलिउडमै खिचेछन् जस्तै लाग्यो । रियल क्या ! मान्छेले एक्टिङ गरेजस्तै
देखिन्न । त्यसका डाइरेक्टरले अर्को पनि सिनेमा बनाएका छन् रे, हेर्न पाइएन
। राजबल्लभ भन्ने पनि हेरेकी छु, त्यो पनि ठिकै छ ।
इण्डियाको हिरोमा एक्टिङको हिसाबले अमिर खान एकदम मनपर्छ । हि इज भेरी
ट्यालेन्ट । टाइम पासको लागि हेर्नलाई सलमान खान रमाइलो लाग्छ । उसको अर्को
क्यारेक्टर नै छैन, ऊ सलमान नै भएर सिनेमामा देखिन्छ । मलाई ऋतिक रोशन पनि
राम्रो लाग्छ ।
इण्डियाका हिरोइनहरुमा एकदमै राम्रीचाँहि मलाई पि्रयंका चोपडा लाग्छ ।
प्रियंका चोपडाको फिल्म आयो भने म मिस गर्दिँन । आफैं भएर एक्टिङ
गर्नेचाहिँ क्याटि्रना कैफ । उसले हरेक सिनेमामा आफैं भएर एक्टिङ गरेको
हुन्छ ।
No comments:
Post a Comment