घटनामा गुप्तामाथि शंका गर्ने धेरै आधार
देखिएका छन् । प्रहरीस्रोतका अनुसार गुप्ताका छोराले दरबारमार्गस्थित
केएफसीबाट ल्याएको मासु प्रहरीलाई मात्र खान दिएका थिए । त्यस्तै खाना र
कोल्डडि्रंक्स खाएर केही प्रहरी बेहोस भइसकेपछि गुप्ताका छोरा भाष्करले
बिरामी भएको ‘नाटक’ गरेको हुनसक्ने प्रहरी अनुसन्धानमा देखिएको छ ।
‘शंका गर्ने ठाउँ भएपछि भाष्करले
आफू पनि बिरामी भएको नाटक गरेजस्तो देखिन्छ,’ अनुसन्धानमा आवद्ध एक प्रहरी अधिकारीले भने ।
आफू पनि बिरामी भएको नाटक गरेजस्तो देखिन्छ,’ अनुसन्धानमा आवद्ध एक प्रहरी अधिकारीले भने ।
प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद
देखिएपछि अस्पतालमै रहेका गुप्ताका छोरा भाष्करलाई प्रहरीले नियन्त्रणमा
राखेको छ । गुप्ता भने बिहीबार डिल्लीबाजरा कारागारमा फर्किएका छन् ।
शोभराजको सिको
सुन्धारास्थित केन्द्रीय कारागारमा रहेको
अन्तर्राष्ट्रिय कुख्या अपराधी चाल्र्स गुरुमुख शोभराज प्रहरीलाई विषादी
मिसाइएको खाना खुवाएर नै भारतको जेलबाट भाग्न सफल भएका थिए । उनले आफ्नो
जन्मदिनको पार्टीमा फलफूलमा विष मिसाएर प्रहरीलाई बेहोस पारी सन् १९८६ मा
भाग्न सफल भएका थिए । डेढ वर्षदेखि जेलमा रहेका गुप्ताले पनि त्यस्तै योजना
गरेको प्रहरी अनुमान छ । उनले योजनाबद्ध रुपमा नै अस्पताल भर्ना भएको र
भाग्ने प्रयास गरेको प्रहरी अधिकारीको आशंका छ ।
No comments:
Post a Comment