Tuesday, September 10, 2013

नीताको ओंठ हेरेर मख्ख ?

war-photo                            २०७० भदौ २५ नायिका सुष्मा कार्कीले छायांकन स्थलमै प्रेमि लिएर गएपछि चर्चामा आएको चलचित्र ‘वार’ अब प्रदर्शनमा आउने भएको छ । 
                             सुष्मासँग निर्माण यूनिटको विवाद श्रृजना भएपछि उनी उक्त चलचित्रबाट बाहिरिएकी थिइन् ।उनको ठाउँमा नायिका नीता ढुंगानालाई भित्राइएको थियो ।
                     मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुवोध भट्ट र किशोर भट्टले निर्माण गरेका हुन् । मानव सुवेदीको संगीत रहेको यो चलचित्रमा कृष्ण भट्ट, नीता ढुंगाना, एलपी सिवाकोटीको अभिनय रहेको छ ।
                             सस्पेन्स थ्रीलर कथावस्तुमा तयार भएको यो चलचित्रमा सौरभ लामाको छायांकन, बनिष शाहको सम्पादन छ । यसैबिच निर्माणपक्षले चलचित्रमा
समावेश ‘आखा हेरे आखा नै राम्रो’ बोलको गीत अनलाइनखबरमार्फत सार्वजनिक गरेको छ । यो गीतमा कृष्ण भट्ट र नीता ढुंगानालाई देख्न सकिन्छ । यो गीतमा बब्बु थापाको नृत्य निर्देशन छ । यो चलचित्र कात्तिकको पहिलो सातामा प्रदर्शनमा आउने छ ।

No comments:

Post a Comment