Thursday, September 12, 2013

वैद्य नआए चुनाव सूर्यग्रहण लागेजस्तै हुन्छ- सूर्यबहादुर


'भोलि बन्ने संविधान पनि सूर्यग्रहण लागेजस्तै'

                        राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यवहादुर थापाले नेकपा-माओवादी लगायतका ३३ दललाई सहमतिमा नलिई गरिने संविधानसभाको चुनाववाट मुलुकले पूर्ण आकारको संविधान पाउन नसक्ने ठोकुवा गर्नुभएको छ ।
                           बिराटनगर विमानस्थलमा विहीबार पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री थापाले संविधान लेख्ने कार्यमा जुट्ने ऐतिहासिक कार्यमा मूलधारका सबै दलहरुले भाग लिनुपर्ने बताउनुभयो । चार दल र सरकारले वैद्य समुहलाई सहमतिमा
लिएर जान सकेन भने सूर्य ग्रहण लागे जस्तै हुने थापाको टिप्पणी थियो ।
                     चार दल र सरकारले गर्न लागेको संविधान सभालाई कटाक्ष गर्दै थापाले भन्नुभयो- सूर्य त छ नि, तर ग्रहण लागेजस्तै हुन्छ । चुनाव पनि सूर्य ग्रहण लागेजस्तै हुन्छ, भोलि बन्ने संविधान पनि सूर्यग्रहण लागेजस्तै हुन्छ ।’
                      थापाले भन्नुभयो- ‘संविधान निर्माणका लागि मंसिर ४ गतेको चुनावलाई चुनाव मात्रमा सीमित गर्नुहुँदैन । वैद्य समुह र मोर्चालाई पहिले राजनैतिक ढंगबाट चार दलले र प्रसासनिक ढंगबाट सरकारले सोच्नुपर्छ ।’ थापाले अहिले पनि चुनावको विपक्षमा रहेका दलहरुसंग सरकार र चार दलले गम्भीर ढंगले वार्ता गरी सबै दललाई साथमा लिएर चुनावमा जानु नै सबैभन्दा उत्तम विकल्प भएको सुझाव दिनुभयो ।

No comments:

Post a Comment