अबसर दिएका थिए । प्यालेस्टायनी पत्रिका अल
कुदुसका अनुसार बशाएर ओथमन एक दिनका लागि मन्त्री बनेकी हुन् । प्यालेस्टायनी प्राधिकरण सरकारमा एक दिनका
स्थानीय प्रशासन मन्त्री बनेकी उनले राष्ट्रसंघका महासचिव वान कि मुनसमक्ष
स्थानीय मुद्दा राखेकी छिन् । स्थानीय प्रशासन मन्त्री सईद अल कावनीले
बशीर ओथमनलाई उनको जन्मदिनको अबसरमा मन्त्री बन्ने मौका दिएका थिए । ओथम गत
वर्ष २ महिनाका लागि आफ्नो गृह क्षेत्र एल्लारको मेयर समेत भएकी थिइन् । १६ वर्षीया किशोरीलाई एक दिनका लागि
मन्त्री बनाएका मन्त्री कावनीले भनेका छन्–‘यो अनुभव प्यालेस्टायनी
नौजवानका लागि राम्रो उदाहरण र आदर्श बनेको छ । म चाहन्छु कि नौजवान अगाडि
आएर ठूला जिम्मेवारी निभाउन ।’
बशाएर युवाहरुका लागि एक फोरम चलाउँछिन् ।
उनी भन्छिन –‘प्यालेस्टायनी राष्ट्र निर्माणमा युवाको सहभागिताका लागि काम
गरिरहने छु ।’ समाचारमा जनाइएअनुसार राष्ट्रसंघका महासचिव मुनलाई लेखेको
पत्रमा वशायरले प्यालेस्टायनीहरुले भोग्नु परेको समस्याबारे उल्लेख गरेकी
छिन् ।
No comments:
Post a Comment