Sunday, September 1, 2013

संविधानविद भीमार्जुनलाई साइबर अपराधीको चुनौती


bhimarjun acharyaजिमेल ह्याक भएपछि आचार्यले थाले अध्ययन

                                   १७ भदौ, काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यलाई साइबर अपराधीले ठाडो चुनोती दिएपछि उहाँले सोमबारदेखि साइबर क्राइम कसरी नियन्त्रण गर्ने भन्नेबारे स्वअध्ययन थाल्नुभएको छ । डा. आचार्य टर्कीको स्तानबुलमा लुटिएको खबर ह्याकरले आचार्यको इमेलबाट प्रवाह गरेपछि आचार्यले यसलाई कानूनविदमाथि अपराधीले दिएको चुनौतीका रुपमा लिनुभएको छ ।
पछिल्लो समय नाम चलेका केही नेपालीहरुको जिमेल ह्याक गरेर पैसा
माग्ने साइबर क्राइम बढ्न थालेको छ । र, यसैको पछिल्लो शिकार बन्नुभएको छ, संविधानविद् डा. आचार्य । आचार्यको जिमेल आइडी ह्याक गरेर ‘म टर्कीको स्तानबुलमा लुटिएँ, पासपोर्ट, क्रेडिट कार्ड सबै लुटियो, मलाई सहयोग गर्नोस् भन्दै सर्वत्र इमेल गरिएपछि आचार्य सोमबार बिहान आश्चर्यचकित बन्नुभयो । आफ्नो जिमेल आइडी ह्याक गरेर यसरी फसाइएको थाहा भएपछि उहाँले यसबारे सबैलाई जानकारी गराउँदै सतर्क गराइसक्नुभएको छ । तर, यतिले मात्रे उहाँको चित्त बुझेको छैन । उहाँ अब संविधानको विषयमा मात्रै नभएर साइबर क्राइमका विषयमा पनि अनुसन्धानमा लागि पर्नुहुने भएको छ ।
ह्याक गर्नुअघि फर्म भर्न लगाइयो : आचार्य
आइतबार बेलुका आचार्यको जिमेलमा तपाईको इमेलको सेक्युरिटीका लागि थप र्फम फिलअप गर्नोस् भन्ने ब्यहोराको इमेल आयो । आचार्यले केही व्यक्तिलाई सोध्नुभयो, यो के हो ? साथीहरुले भने, यो त जिमेल कम्पनीले नै पठाएको हो, त्यसैले यसलाई रेस्पोन्स गर्नुभए हुन्छ । तर, दुर्भाग्य, जिमेलकै नामबाट आएको उक्त र्फम नै ह्याकरले पठाएको रहेछ र त्यही डाटाको माध्यमबाट आचार्यको जिमेल ह्याक गरिएछ ।’म जिमेलको र्फम भरेर सुतें, तर, त्यो त ह्याकरकै काम पो रहेछ, बिहान साथीभाइले फोन गर्दा पो म त झसँग भएँ ।’- कानूनविद आचार्यले  भन्नुभयो, ‘यो त जिमेलकै विश्वसनीयतामाथि शंका भयो । साइबर अपराध बढ्न थालेको यसले संकेत दिएको छ, यसमा अब हामी सबैले सतर्क बन्नुपर्छ ।’

No comments:

Post a Comment