Wednesday, September 4, 2013

प्रधानअध्यापकले शिक्षिकालार्इ लडाउँदा गर्भ तुहियो

                    २० भदौ, कपिलवस्तु । कपिलवस्तुको डुमरा २ सिसवास्थित ज्ञानज्योति प्राविका प्रधानअध्यापक प्रभु यादबले कुर्सीमा बसेकी शिक्षिकालाई लडाएपछि गर्भ तुहिएको छ । विद्यालयमा ४ महिनाअघि सरुवा आएकी शिक्षिका अनिता पाण्डेलाई भुइँमा लगाइदिएपछि १२ साताको गर्भ तुहिएको हो ।
                    मंगलबार विद्यालयमा सामान्य भनाभन भएपछि खाजा समयमा कोठामा बसिरहेकी राहत शिक्षिका पाण्डेलाई पछाडिबाट लात्ती हान्दा कुर्सीबाट भुइामा बजारिएर उनको गर्भ
तुहिएको प्रहरीले जनाएको छ । उनले आफू भुइँमा बजारिएपछि पेटमा चोट लागेको केही समयपछि सेतो पानी बग्न थालेको बताइन् । राति ३ बजेबाट एक्कासी पेट दुखेर रक्तस्राव सुरु भएपछि उपचारका लागि तौलिहवा अस्पताल आई भर्ना भएको बताइन् । ‘यहाँ आउँदा गर्भ तुहिएको कुरा चिकित्सकले भनेपछि रुदैँ बसेकी छु,’ उनले भनिन् । ‘उनी आउँदा गर्भ तुहिसकेको थियो, ‘ तौतिहवा अस्पतालका डा. सुवित सुनारले भने । उनले रक्तस्राव र पाठेघरको मुख खुलेका कारण गर्भ तुहिएको बताएको कान्तिपुर दैनिकमा खबर छ ।
                      यादबले लात्तीले कुर्सी हान्नुअघि उक्त विद्यालयकै शिक्षिका रहेकी यादवकी छोरी अमिता यादबले समेत गालीगलौज गरी कुटपिटको धम्की दिँदै विद्यालय नआउन भनेकी थिइन् ।

No comments:

Post a Comment