Wednesday, September 4, 2013

‘सुनगाभा’ ओस्कारमा जानबाट रोकियो

                     मंगलबार चलचित्र निर्माता संघको रोहबरमा भएको छलफलले सुवर्ण थापा निर्देशित चलचित्र ‘सुनगाभा’लाई तत्काल ओस्कारमा नपठाउने निर्णय गरेको छ । 
                         चलचित्रका निर्देशक थापासँग फ्रान्सको नागरिकता भएको भन्दै विवाद उठेपछि तत्कालका लागि यो निर्णय गरिएको हो । २० दिन भित्र थापा फ्रान्सको नागरिक भएको पुष्टि भएमा ‘सुनगाभा’ले ओस्कार लडाइको अवसर गुमाउनेछ । 
                  विदेशी नागरिकले निर्माण गरेको चलचित्र भन्दै सर्वोच्चमा मुद्दा दायर गर्ने भनाई अन्य ३ सिनेमाका निर्देशकहरुबाट आएपछि विवाद चुलिएको थियो । 
                            २० दिन भित्र सुवर्ण थापा नेपाली या फ्रान्सेली भएको पुष्टि राज्यले गर्नेछ । यदि सुवर्ण फ्रान्सेली भएको पुष्टि भएमा ‘वधशाला’, ‘साँघुरो’ र ‘शिरिषको फूल’ले ओस्कार भिडन्तको अवसर पाउनेछन् ।

No comments:

Post a Comment