२० भदौ, स्याङ्जा । मोवाइलमा आएको
अपरिचितको फोनकै कारण स्याङ्जा पुतलीबजारकी दुर्गा महत पतिबाट मरणासन्न
हुने गरी कुटिएकी छन् । पुतलीबजार ८ सतौंकी ३४ बर्षकी दुर्गा एक साताअघि ४०
वर्षका पति मनबहादुर महतबाट कुटिएकी हुन् । उनको घाँटी, पिठ्युँ, हात र
खुृट्टामा नीलडाम छ । अनुहार सुन्निएको छ ।
दुर्गाका अनुसार कृष्णाष्टमीको साँझ एक
अपरिचित व्यक्तिको फोनबाट उनको मोवाइलमा मिस्डकल देखिएको थियो । सोही
विषयमा नानाथरी शंका र उपशंका गरेर पतिले लौरो र हातले हिर्काएको दुर्गाले
सुनाइन् ।
घटनापछि दुर्गा छिमेकीको घरमा बस्न थालेकि
छन् । दुर्गाका १२ बर्षकी छोरी र नौ बर्षका छोरा छन् । बुबाले आमालाई
कुटेको देखेपछि छोरा मनीष एक सातादेखि आमासँगै बसेका छन् । मनीष बिरामी
परेका छन् । ‘हामी डरले घर जान सकेका छैनौं,’ छोराको उपचारका लागि मंगलबार
जिल्ला अस्पताल पुगेकी दर्गाले भनिन् । प्रहरीको सुझाव अनुसार अहिले उनी
छोरा मनीषसहित महिला विकास कार्यालयमा बसेकी छन् ।
पत्नी कुट्ने मानबहादुर विरुद्ध न्यायिक
कारबाहीका लागि प्रहरीले अनुसन्धान थालेको अन्नपूर्ण पोस्टमा खबर छ । पीडित
दुर्गालाई न्याय दिलाउन कानुनी प्रक्रिया अघि बढाइएको महिला विकास अधिकृत
मीरा शेरचनले जानकारी दिइन् । विवाहपछि पतिले आफूलाई यसरी नै शारीरिक र
मानसिक यातना दिने गरेको दुर्गाले बताइन् ।
No comments:
Post a Comment