Thursday, January 2, 2014

समानुपातिकको सूची सच्चिँदैन, पार्टी फुटाए हुन्छ : किराती

Gopal_Kirati
              १८ पुस, काठमाण्डौ । एकीकृत माओवादीका नेता गोपाल किरातीले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सभासदको सूची कुनै पनि हालतमा नसच्चिने स्पष्ट पार्नु भएको छ । उहाँले सभानुपाति सभासद छनौटलाई लिएर नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पार्टी फुटाए आफूले त्यसको स्वागत गर्ने बताउनुभयो ।

            रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो,’सूची बनाउन बैठकमा नजाने, बाहिस्कार गर्ने अहिले सार्वजनिक भईसकेपछि सूची सच्याउन सकिँदैन । यसैलाई लिएर पार्टी फुटाए हुन्छ । म फुटाउनेलाई स्वागत गर्छु । फुटेरै जानेलाई नजाउ भनेर डोरीले बाधेर राख्न सकिँदैन ।’
              भट्टराई र श्रेष्ठले प्रचण्डको मृत्यूमा आफ्नो जीवन खोज्ने गरेको आरोप लगाउँदै किरातीले एमाओवादी धेरै वर्ष अन्र्तसंघर्षमा रहँदा संविधान बनाउन नसकिएको
वताउनुभयो । उहाँले उनले आगामि पुस २५ गते बस्ने केन्द्रीय समितिको बैठकले यो विषयमा छलफल गरेर पार्टीलाई रुपान्तरण र एकताको प्रयास गर्ने स्पष्ट पारे पनि त्यसपछि पनि फुटेर जानेलाई भने नरोक्ने बताउनुभयो ।
 कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले पार्टी अध्यक्ष विजयकुमार गच्छदारले ब्यक्तिगत स्वार्थमा बनाएको समानुपातिकको सूची सच्याउँदै आफ्नो क्रियाकलाप नसच्याएर अध्यक्षलाई नै हटाउने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो,’हामी अर्को पार्टी खोल्दैनौँ । अध्यक्षलाई भेटेर सूची सच्याउन अल्टिमेटम दिएका छौँ । नसच्याई निरकुंश ढंगले अघि बढ्न खोजे हामी उहाँलाई नै नेतृत्वबाट हटाउँछौँ । ‘
अध्यक्षले केन्द्रीय समिति, राजनीतिक समितिलाई बेवास्ता गरेर आफ्ना आसेपासे, नातेदार, पैसावालालाई सभासदमा सिफारिस गरेका कारण मधेस मुद्दा नै कमजोर बनेको दावी गर्दै उहाँले राजनीतिकको र नजान्ने मानिस सभासद बन्दा पार्टीको अस्तित्व नै संकटमा पर्ने आशंका ब्यक्त गर्नु भयो ।

No comments:

Post a Comment