काठमाडौं।
‘हुन्न–हुन्न, हाम्रो काम गरिसक्यौं, के–के न गर्न थाले भनेजस्तो किन
गर्ने ? मलाई फोन गरेर नगर्नूस् है भनेका छन्। यस्तो नगरौं।’अध्यक्ष खिलराज रेग्मीले नै यस्तो भन्दाभन्दै उहाँकै अध्यक्षताको
मन्त्रिपरिषद्ले कुनै निर्णय गर्ने कुरा भएन। गृह मन्त्रालयबाट प्रहरी
बढुवाको ‘फाइल ल्याऊँ कि हजुर? बढुवा रोकिएको छ, कर्मचारीको वृत्ति–विकासमा
असर पर्छ’ भनेर गृहमन्त्री माधवप्रसाद घिमिरेले एआईजी बढुवाको प्रस्ताव
राख्दा नराख्दै अध्यक्ष रेग्मीबाट माथिको जवाफ पाएपछि यो सरकार रहुञ्जेल
प्रहरीमा सात एआईजी खाली नै रहने भएका छन्। गृहमन्त्री घिमिरेले
उपेन्द्रकान्त अर्याललाई आईजी बनाएझैँ वरिष्ठताका आधारमा सरासर सात जना
डीआईजीलाई एआईजी बनाउने प्रस्ताव अध्यक्ष रेग्मीसमक्ष राखिसक्नुभएको थियो।
तर, रेग्मीले आफूमाथि कांग्रेसका नेताहरूबाट नामै तोकेर प्रहरीको कुनै पनि
सरुवा–बढुवा नगर्न भनेकाले त्यस्तो निर्णय नगर्ने अडान लिएपछि गृहमन्त्री
घिमिरेले मात्रै गर्न सक्ने कुरा भएन। उहाँले प्रहरीमा सुधार गर्न र नेताका
दैलो धाउने
स्रोतका अनुसार बढुवा रोक्नका लागि मन्त्रिपरिषद् अध्यक्षलाई भनाउनका लागि प्रतिस्पर्धामा रहेका प्रहरी अधिकारीहरूले नै लबिङ गरेका थिए।
मन्त्री घिमिरेले बढुवा रोकिएकोमा आक्रोश पोख्दै आफूनिकटसँग ‘मलाई थाहा छ,
कसले गराएको हो भन्ने कुरा’ भन्ने गर्नुभएको छ। यति सामान्य कुरामा पनि
दबाब आएको भन्दै रेग्मीले दिक्क मान्दै ‘हामीले के लिनु छ र? जे गर्छन्,
उनीहरू आएर आफैं गर्छन्। दोष किन लिने?’ भन्नुभएको थियो।
No comments:
Post a Comment