Monday, March 3, 2014

एक वर्षमा संविधान आउँछः देउवा

                  नेपालगन्ज, फाल्गुन १९ - काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबै राजनीतिक दलबीचको शक्ति सन्तुलनका आधारमा एक वर्षभित्र संविधान निर्माण हुने बताएका छन् ।
           नेपाल प्रेस युनियन, बाँकेद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संसद्भित्र र बाहिरका सबै दलको सहमतिको आधारमा नै संविधान निर्माण हुन्छ ।’
                सहमति निर्माण नभए के गर्नु हुन्छ ? भनी सोधिएको प्रश्नको जवाफमा उहनले निश्चित समयसम्म सहमतिको प्रयास हुन्छ, नभए दुई तिहाइमा जानुको विकल्प अरु छैन उनले भने ।
आफ्नो दलले लोकतन्त्रको सिद्धान्त तथा मूल्य, मान्यतामा सम्झौता नगरी अरु मुद्दामा सहमतिका लागि हदैसम्म लचिलो हुने उनको भनाइ थियो । अर्को एक प्रश्नको जवाफमा नेता देउवाले वर्तमान सरकारले नै संविधान निर्माणको काम सक्नुपर्ने धारणा राख्दै आफ्नो र प्रधानमन्त्रीबीच कुनै विमति नरहेको स्पष्ट पारे ।
‘अब बन्ने संविधान बहुपहिचानसहित नागरिक अधिकारको दस्तावेज हुने र यसमा सबैको अपनत्व झल्कनेमा शङ्का गर्नु हुँदैन’ देउवाले भने ।

serbdur
नेपालगन्ज, फाल्गुन १९ - काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबै राजनीतिक दलबीचको शक्ति सन्तुलनका आधारमा एक वर्षभित्र संविधान निर्माण हुने बताएका छन् ।
नेपाल प्रेस युनियन, बाँकेद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संसद्भित्र र बाहिरका सबै दलको सहमतिको आधारमा नै संविधान निर्माण हुन्छ ।’
सहमति निर्माण नभए के गर्नु हुन्छ ? भनी सोधिएको प्रश्नको जवाफमा उहनले निश्चित समयसम्म सहमतिको प्रयास हुन्छ, नभए दुई तिहाइमा जानुको विकल्प अरु छैन उनले भने ।
आफ्नो दलले लोकतन्त्रको सिद्धान्त तथा मूल्य, मान्यतामा सम्झौता नगरी अरु मुद्दामा सहमतिका लागि हदैसम्म लचिलो हुने उनको भनाइ थियो ।
अर्को एक प्रश्नको जवाफमा नेता देउवाले वर्तमान सरकारले नै संविधान निर्माणको काम सक्नुपर्ने धारणा राख्दै आफ्नो र प्रधानमन्त्रीबीच कुनै विमति नरहेको स्पष्ट पारे ।
‘अब बन्ने संविधान बहुपहिचानसहित नागरिक अधिकारको दस्तावेज हुने र यसमा सबैको अपनत्व झल्कनेमा शङ्का गर्नु हुँदैन’ देउवाले भने ।
- See more at: http://www.ekantipur.com/np/2070/11/19/full-story/385082.html#sthash.fWfOcxLh.dpuf

No comments:

Post a Comment