छायांकन भैरहेको सिनेमा ‘ताण्डव’को जापान राइट ४ लाखमा खरिद भएको छ । त्यहाँस्थित गैरआवसिय नेपाली निमा शेर्पाले यो ग्याङस्टर सिनेमाको प्रदर्शन र वितरण अधिकार खरिद गरेका हुन् । निर्माता कम्पनी स्म्यासिङ एप्पल प्रमुख मोहन डोटेलले सुटिङ हुँदै गरेको फिल्म किनिएको बताए ।
बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरिरहेको यो सिनेमा यतिबेला भारत सीमावर्ती तराईका जिल्लाहरुमा छायांकन भैरहेको छ । अनुप बराल, नम्रता श्रेष्ठ र र्यापर लाउरे अभिनित फिल्म वर्ष २०१४ मा रिलिज हुने प्रतिक्षित नेपाली सिनेमा हो ।
फिल्मको जापान बिक्रीबारे
डोटेलले भने, ‘अब लोकेसनबाटै फिल्म खरिद हुन थालेको छ जुन नेपाली सिनेमाकै लागि खुशिको कुरा हो । निर्माताको रुपमा यसले मलाई हौसला बढाएको छ ।’ लाउरे र नम्रताको केमेस्ट्रीको चर्चाबीच ताण्डवले चर्चा बटुलिरहेको छ ।
No comments:
Post a Comment