Friday, March 7, 2014

भाइको फिल्ममा सलमानले ठाउँ पाएनन्

                 अरबाज आन आफ्नो निर्माणमा फिल्म ‘डली की डोली’ बनाउँदैछन् । तर, यो फिल्ममा सलमान खान छैनन् । यति मात्र होइन, सोहेलले बनाउन लागेको अर्को फिल्ममा पनि सलमान देखिने छैनन् । जबकी उनको पछिल्लो फिल्म ‘जय हो’मा सलमान थिए । सोहेलको आगामी फिल्मको नाम ‘माइ पंजाबी निकाह’ रहेको छ । यो फिल्ममा नयाँ अनुहार रहने बताइएको छ । यो लव स्टारीमा उनी
सात वर्षदेखि फिल्म बनाउन चाहिरहेका थिए ।
         अहिले पटकथा तयार भइसकेको छ । लागत तय गरेर डिसेम्बरसम्ममा शुटिङ सुरु गर्ने उनको योजना छ अहिलेसम्म अरबाज र सोहेलले ठूलो दाई सालमानको सहभागितामा मात्रै फिल्म बनाएका थिए र सफल भएका पनि थिए । अरबाजले दबंग -२ बाट निर्देशनमा पाइला राखेका थिए । सोहेलले ‘औजार’ र ‘प्यार किया तो डरना क्या’ जस्ता फिल्म बनाए, जसमा
सलमान थिए ।

No comments:

Post a Comment