Friday, March 7, 2014

संविधान जारी भएकै दिन जलाउँछौँ : गुरुङ


dev-gurung           २४ फागुन, स्याङ्जा । नेकपा-माओवादीका सचिव देव गुरुङले संविधानसभामा यथास्थितिवादी शक्तिहरु हाबी भएको र क्रान्तिकारीहरु अल्पमतमा परेकाले २०४७ सालकै संविधान जारी हुने खतरा रहेको वताएका छन् ।
             क्रान्तिकारी पत्रकार महासंघ स्याङ्जाले शनिवार विहान वालिङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने,’संविधानसभामा क्रान्तिकारीहरु ओझेलमा परेका छन् । यथास्थितिवादीको जगजगी छ । यस्तो अवस्थामा संविधान जारी भएपनि मुलुकले निकास पाउँदैन ।’
              गुरुङले एक वर्षभित्रमा संविधान जारी गर्ने भनेर दलहरुले जनतालाई झुक्काइरहेको वताए । गुरुङले संविधानसभा बाहिर रहेको एउटा शक्तिलाई बाइपास गरेर संविधान जारी गरिए आफूहरुलाई स्वीकार्य नहुने वताए । उनले भने,’एकलौटीरुपमा संविधान जारी गरिए हामीलाई स्वीकार्य हुँदैन । यदि संविधान जारी भयो भने त्यसलाई हामी जलाउँछौँ ।’
गुरुङले एमाओवादी पालुङ्टार विस्तारित बैठकले पास गरेका दस्तावेजमा फर्किए पार्टीसँग एकता हुन सक्ने
वताए । उनले एमाओवादीले हेटौँडा महाधिवेशनबाट सबै सैद्धान्तिक, राजनीतिक र बैचारिक दस्ताबेज छोडिसकेकाले पालुङटार बैठकले पास गरेका दस्तावेजमा फर्किए पार्टीगत एकता हुन सक्ने वताएका हुन्

No comments:

Post a Comment