२०७० फागुन २३नेपालमा अनलाईनहरुको संख्या दिन प्रतिदिन बड्दै गइरहेको छ । लामो इतिहास बनाएका अनलाईन मिडियाहरु देखि भर्खरै मात्र सुरु भएका अनलाइनहरुको संख्या लाखौमा पुगिसकेका छन् । पत्रकारीताको इतिहासमा अनलाईन मिडियाहरुको पनि महत्वपूर्ण भुमिका सुरु भइसकेको छ । सामाजीक रुपाण्तरणको लागि अनलाई ब्लगहरुको पनि भुमिका पनि महत्वपूर्ण रहेको कुरामा सायदै विमती छैन । यहि सामाजीक रुपाण्तरणको नयाँ संमरणमा हामी केहि साथीहरु मात्रै भएर सुरु गरेको बिजी न्युजलाई आज यो समय सम्म हजारौ साथीहरुले आफ्नो साथी कै रुपमा माया र सुझाव दिइरहनु भएको छ । साथै हामीलाई लाइक गरी दैनिक हजारौ साथीहरु हाम्रो साथमा देश तथा बिदेशको ताजा खबर पाइरहनु भएको छ भन्ने कुराले हामीलाई अगाडी बढ्न निरन्तर प्रेरणा दिइरहेको छ । मेरो आत्मिय दाजु इमान्दार बुढा नभएको भए यो प्रकृयाको जन्म नै हुने थिएन सायद दाजुलाई आजको दिनमा आभार प्रकट गर्दछौं । दाजु लगायत हामीलाई निरन्तर सर्पाेट गर्ने बिज्ञापनदाता तथा हामीलाई माया गर्ने सबै प्रति हामी सदा रिणी नै छौं र हनेछौ ।
आगामी दिनमा पनि तपाईहरुका माग तथा सुझाव अनुसार निरन्तर साथमा रहने प्रतिबद्धता जाहेर गर्दछौं । यो प्रकृयामा हामी बिचलित कहिल्यै भएनौ र साहेद हुदैनौं । आजसम्म तपाइहरुले जसरी हामीलाई साथ दिनु भएको छ सोहि अनुसार निरन्तर सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा सहित सबैमा आज हामी चालिस हजारमा पुगेको जानकारी सहित हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
बैकुण्ठ गिरी
प्रमुख सञ्चालक / सम्पादक बिजी न्यूज अनलाईन
No comments:
Post a Comment