म्याग्दी २०७० फागुन २० । फिनल्याड सरकारले म्याग्दी
जिल्लाको सरसफाई र खानेपानीको क्षेत्रमा सुधार ल्याउन १५ करोड रुपैया सहयोग
गर्ने भएको छ । फिनल्याड सरकारको सहयोगमा सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा
सरसफाई परियोजनाको दोस्रो चरणको कार्यक्रमका लागि सहयोग गर्न सोमबार जिविस
म्याग्दीसंग सम्झौता भएको छ । बेनीमा आयोजित कार्यक्रममा म्याग्दीका स्थानिय विकास अधिकारी
बिष्णुप्रसाद शर्मा र परियोजनाका राष्ट्रिय संयोजक नारायणप्रसाद श्रेष्ठबीच
सम्झौतामा हस्ताक्षर भएको हो । परियोजना मार्फत पाँच वर्षका लागि १५ करोड
रुपैया सहयोग प्राप्त हुने स्थानीय बिकास अधिकारी
शर्माले बताए ।
सरसफाई सम्बन्धि समुदाय स्तरमा आनीबानी परिवर्तन, खानेपानी सुबिधाको बिस्तार र वातावरण संरक्षणका लागि सुधारीएको चुल्हो निर्माण गरि घरभित्रको घुँवामुक्त क्षेत्र बनाउनका लागि परियोजनाले सहयोग गरेको हो । यसअघि २०६६ सालदेखि चार वर्षसम्म दाना, दग्नाम, भकिम्ली, अर्मन, दरवाङ र रुम गाविसमा सञ्चालन भएको परियोजना अन्तरगत जिल्लाव्यापी रुपमा खुलादिसामुक्त क्षेत्र घोषणा अभियानका साथै खानेपानी योजनाहरु निर्माण भएको थियो । यसैगरी दाना गाविसलाई नेपालकै पहिलो पूर्ण आनीवानी परिवर्तनयुक्त गाविस घोषणा पनि गरिएको थियो ।

दोस्रो चरणमा मुना, बिम, ज्यामरुककोट, पाखापानी र ओखरबोट गाविसमा
परियोजनाको कार्यक्षेत्र बिस्तार गरिने भएको छ । परियोजनालाई प्रभावकारी
रुपमा कार्यान्वयन गर्न जिल्लामा क्रियाशिल विभिन्न ९ वटा राजनितिक दलहरुले
पनि सहमति जनाएका छन् । सम्झौतापत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा जिल्लामा
सरोकारवालाहरुलाई परियोजना कार्यान्वयनको प्रक्रिया र उद्देश्यका विषयमा
जानकारी गराइएको थियो । जिल्ला प्राबिधिक कार्यालयका ईञ्जिनियर ओमबहादुर
केसीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन फिल्ड संयोजक राजेन्द्र
आचार्यले गरेका थिए ।

No comments:
Post a Comment